राधेश्याम, रौतहट, साउन ०२ गते
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाका विधायलहरुमा पुस्तक बितरण शुरु भएकोे छ । सो नगरपालिकाको वडा नम्बर ४ को एक माध्यमिक बिद्यायलका छात्रछात्राहरुलाई पाठयपुस्तक बितरण गरिएको हो । शुक्रवार एक कार्यक्रमको बिच श्री माध्यमिक बिद्यायल टेंग्राहामा अध्यनरक्त बिधार्थीहरुलाई पुस्तक उपलब्ध गराइएको हो । सो बिद्यायलका प्रधानाध्यापक अनिल यादवले छात्रछात्राहरुलाई पुस्तक हस्तान्तरण गर्नु भएको थियो । मा।वि।टेंग्राहामा करिब सात सय पँचास बिधार्थी अध्यनरक्त रहेको सो बिद्यायलको तथ्यांकमा उल्लेख रहेको छ । सो मध्ये करिब पाँच सय छात्रछात्राहरु पाठयपुस्तक बितरण गरिएको प्रधानाध्यापक यादवले जानकारी गराउनु भयो । सो बिद्यायलमा अध्यनरक्त कक्षा एक देखि कक्षा सात सम्मका बिधार्थीहरुलाई पाठयपुस्तक दिइएको र बाँकी बिद्यार्थीहरुलाई क्रमशः बितरण गर्दै जाने बिद्यायलका लेखापाल प्रमोद यादवले बताउनु भयो । पाठयपुस्तक बितरणको अवसरमा प्र।अ।यादव संगै बिद्यायलका शिक्षकहरु, कर्मचारी, अभिभावक र बिधार्थीहरुको उपस्थिती रहेको सो बिद्यायलले जनाएको हो ।