उपेन्द्र गोले रौतहट । साउन २ गते
रौतहटको चन्द्रनिगाहपुरमा चुरे संरक्षण तथा ब्यवस्थापन सम्बन्धि एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । जब सम्म चुरे क्षेत्रमा भइरहेका दोहन कार्यको अन्त्य गर्न सकिदैन तवसम्म बाढी , डुवान तथा विपतले आम नागरिकहरुलाई पिरोलिरहने सहभागीहरुले बताएका थिए । आर्थिक लाभको प्रलोभनका कारण चुरे क्षेत्रका हुदै आएको दोहन रोकिन नसकेको त्यसलाई रोक्नका लागी सम्बन्धित क्षेत्रका सम्पुर्ण नागरिकहरुले आफ्नै निजि सम्पतीको रुपमा संरक्षण गर्न लाग्नु पर्ने चन्द्रपुर नगरपालिकाको वडा नम्बर का वडा अध्यक्ष बिरु रखालले सुझाव दिनु भयो । विगतका दिनमा भएका गतिविधि र अहिले पनि भइरहेको चुरे क्षेत्रको क्रियाकलापले आफु छक्क परेको बताउनु हुदै संघिय , प्रदेश तथा स्थानिय ३ नै तहका सरकार मिलेर दोहन रोक्न सकेको खण्डमा मात्र यसले सार्थकता हुने वडा नम्बर ४ का वडा अध्यक्ष अमर बहादुर आलेको भनाई रहेको थियो । चन्द्रपुर नगरपालिकाले कानुन निर्माण गर्न नसक्नु र चुरे क्षेत्रप्रति बेवास्ता गरेका कारण चुरे क्षेत्रको दोहन रोक्न नसकेको वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देबकोटाले बताउनु भयो । चन्द्रपुर नगरपालिकाले सरोकारवाला निकायहरुसँग विभिन्न चरणहरुमा छलफल तथा स्थलगत निरिक्षण समेत गरेको तर त्यसलाई कार्यन्वयको पक्षमा ल्याउन कठिन भएकाले अबका दिन चुरे संरक्षणमा नितिगत रुपमा नै अगाडी बढ्नु पर्ने धारण ब्यक्त गर्नु भयो । सिमाना विवादका कारण पनि चुरे दोहनको रोकथाममा समस्या आएको सहभागीहरुले गुनासो गरेपछि डिभिजन वन कार्यलय चन्द्रनिगाहपुर रौतहटका प्रमुख अमरदेव चौधरीले नक्साले जता देखाएतापनि पानी ढलो रौतहट नै रहेकाले त्यसमा विवाद नगरि चुरे क्षेत्रमा हुदै आएको दोहन रोक्न सबैलाई आग्रह गर्नु भएको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको सहयोगमा सञ्चालन भएको सो कार्यक्रम सुप्रिम सञ्चार प्रा।लि। चन्द्रपुरको आयोजनामा सम्पन्न भएको हो । पत्रकार यादवराज पुरी र संजय कार्कीले सहजकरण गरेको सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका वडा नम्बर १ , २ , ३ र ४ का वडा अध्यक्षसहित स्थानिय सञ्चारकर्मीहरु , सामुदायिक उपभोक्ता समितिका पदाधिकारीहरु, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।