उपेन्द्र गोले रौतहट । साउन २ गते
रौतहटमा शनिबार विभिन्न प्रहरी पोष्टका प्रमुखहरुबिच छलफल तथा ब्रिफिङ कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय रौतहटका विभिन्न क्षेत्रमा चोरी निकासी तथा अशान्ति सिर्जना भइरहदा आम नागरिकहरुले अमर चयनको अनुभुति दिलाउन रौतहटका विभिन्न युनिट , बोर्डर तथा चौकीका प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धिविक्रम साहले छलफल तथा ब्रिफिङ गर्नु भएको हो । रौतहटका १८ ओटा स्थानिय तहहरुमा भइरहेको सिमा , अपराध , चोरी तस्करी नियन्त्रण तथा शान्ति सुरक्षा तथा अमर चयन कायम गराउन अपनाउनु पर्ने उपायहरु बारे छलफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।