मानसिक स्वस्थ्यकता लागि धर्म गुरुहरुको भुमिका विषयक तालिम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ३, आईतबार (४ साल अघि)
  • ५ पटक पढिएको
मानसिक स्वस्थ्यकता लागि धर्म गुरुहरुको भुमिका विषयक तालिम सम्पन्न


राजिव शाह सर्लाही, साउन २ गते

मानसिक स्वस्थ्यकता धर्मगुरुहरुको भुमिका विषयक तालिम सनिवार सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । राष्ट्रिय अन्तरधार्मिक संजाल ९निरन० नेपाल ललितपुरको आयोजनामा मानसिक स्वस्थ्यकता धर्म गुरुहरुको भुमिका विषयक तालिम निरन नेपालका जिल्ला अध्यक्ष डा। अब्दुल रहिम मिकरानीको अध्यक्षतामा मलंगवा स्थित कुसुम पार्टी प्यालेसमा सम्पन्न भएको छ । तालिममा हरिपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका धर्म गुरुहरुलाई मानसिक स्वास्थ्य बारेमा जानकारीका साथै मानसिक संतुलन पहिचान उपचार तथा लक्षणको पहिचान गरी परामर्श प्रदान गर्ने विषयमा प्रशिक्षण दिइएको हो ।
धर्म गुरुहरुको भुमिका विशेष भएकाले मानसिक संतुलन ठिक राख्नका लागि मानिसलाई सकारात्मक सोचको विकास गर्नु पर्ने अध्यक्ष अब्दुल रहिम मिकरानीले बताए ।
निरन नेपालका नगर स्तरीय अध्यक्ष अजय कुमार चौधरी र चंदा यादवले प्रशिक्षण दिएका थिए ।
तालिममा हिन्दु ,क्रिश्चियन,इस्लाम धार्मिक गुरुहरु मानसिक स्वस्थ्यकता धर्मगुरुहरुको भुमिका बारे गहन सम्बाद गरिएको थियो ।
मानसिक स्वस्थ्यकता धर्मगुरुहरुको भुमिका तालिममा चन्द्रनगर गाउँपालिका स्तरीय अध्यक्ष रामस्वार्थ राय,हरिपुर नगर स्तरीय अध्यक्ष अजय कुमार चौधरी निरन नेपालका कार्यक्रम अफिसर आशिष चौधरी लगायत २० जनाको सहभागितामा तालिम सम्पन्न भएको अध्यक्ष चौधरीलेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस