पवन शाह पर्सा साउन ३ गते
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बिभिन थप समितिहरु विस्तार गरेका छन् । विस्तारित समितिमा प्रर्दशनी÷महोत्सव समिति, बैंक तथा वित्त समिति र होटल तथा पर्यटन समिति रहेका छन् । प्रर्दशनी÷महोत्सव समितिको संयोजकमा गोविन्दप्रसाद शाह र सह–संयोजकमा मनोजकुमार शर्मा, बैंक तथा वित्त समितिको संयोजकमा आशीष लाठ र होटल तथा पर्यटन समितिको संयोजकमा अनोज रुँगटा मनोनयन भएका छन् ।
कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले यहाँहरुले समितिहरुको काम कारवाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु हुने छ भनी विश्वास लिएको बताउनुभयो । साथै विस्तार समितिहरुले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र सङ्घले आफ्नो समग्र उद्देश्य पूरा गर्न सहज हुने बताउनु भयो ।
समितिका संयोजकहरुले आफूहरु माथि विश्वास गरी समितिको संयोजक तथा सह–संयोजकमा मनोनयन गर्नुभएकोमा आभार प्रकट गर्दै आ–आफ्नो समितिको काम कारवाही आफूहरुले भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने आश्वासन दिनुभयो । कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपालको उपस्थिति रहेको थियो ।