उपेन्द्र गोले रौतहट, साउन ३ गते
रौतहटको इशनाथ नगरपालिकामा अन्जु झाले ब्यापक भ्रष्टचार गरेको नेकपा एमालेका नगर अध्यक्ष मोहन प्रसाद मेहताले आरोप लगाउनु भएको छ । सामाजिक अभियनताको रुपमा माण्डवी नामक संस्थाको नाममा झाले रौतहटको १८ ओटै स्थानिय तहहरुमा विभिन्न एनजीओहरुको रकमहरु सहयोग वितरण गर्ने नाममा ब्यापाक भ्रष्टचार गरेको मेहताले दावी गरेको छ । झा इशनाथ नगरपालिकाका बासी भएकाले सो नगरपालिकामा भने अत्याधिक बजेट रकमबाट स्थानियलाई बिउविजन , दाल चामल , झुल , लताकपडा , ओढ्ने ओछ्याउने लगायतका सामग्रीहरु वितरण गर्दै आउनु भएको छ । यसरी युएनओमन , विएसओवा लगायतका एनजीओको लाखौ रकम लिएर स्थानिय नागरिकहरुलाई छारो हाल्ने काम मात्र गर्ने गरेको मेहताको दावी रहेको छ । कुनै पनि स्थानिय निकायमा जुनसुकै संघसंस्थाहरुले कुनै कार्यक्रम तथा राहत , सहयोग तथा अनुदान वितरण गर्दा सोही स्थानिय तहको अनुमति लिनु पर्ने हुन्छ तर माण्डवी संस्थाका अध्यक्ष अन्जु झाले नगरपालिकाको अनुमति विना नै मनलाग्दी विभिन्न सामग्री वितरण गरि ब्यापक भ्रष्टचार भएको नेकपा एमालेका नगर अध्यक्ष मोहन प्रसाद मेहताको आरोप रहेको छ । झाले निस्वार्थ नागरिकप्रति बफादार भइ सहयोग गरेको भए के कति सहयोग वितरण गरिएको हो त्यसको आर्थिक पारदर्शिता गराउनु पर्ने मेहताको भनाई रहेको छ । झाले आफ्ना पार्टीका आसेपासेको पछि लागेर सहयोगको नाममा राजनिति गरेकाले नगरपालिकासँग समन्वय गरि त्यस्ता कार्य गरे आफुहरुले अभियानमा साथ दिने मेहताले बताउनु भयो ।