अमरेस कुमार पाण्डेय कलैया बारा । साउन ४ गते
प्रहरी चौकी समुद्घाटनमा प्रहरी देश जनतामा समर्पित रहेर काम गर्ने प्रहरी चौकी समुद्घाटन हुदा अझ देवताल बासिले सुरक्षा अनुभुती गर्ने आशा लिएका छौ भने कार्यक्रममा अध्यक्ष देवतात गाउँ पालिका अध्यक्ष चन्दन कुमार सिंहले आफनो मन्तव्य राखेका थिए।
प्रहरी चौकी समुद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी अचेल दिनप्रतिदिन विकृति बढेको,बलात्कार,हिंसा जस्ता जघन्य अपराध बढ्दै जादा केही हद सम्म अंकुस लागाने कार्यमा प्रहरी अग्रसर रहे पनि जब सम्म समाज आफनो स्तरबाट कार्य गर्दैन हटन सकने अवस्था छैन भने सुरेन्द्र पौडेल आफनो घारणा राखे।
समुद्घाटन कार्यक्रममा बिशिस्ट अतिथी जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाही,देवताल गाउँ पालिका उपाध्यक्ष रामपती देबी, अतिथि मिश्री लाल सहनी, लखिन्दर यादव, अमर पटेल, रमेश यादव, जसपा युवा नेता अबाश असारी, शिवदरसन पडित , बिजय प्रसाद यादव रहेका थिए भने देवताल गाउँ पालिका आम नागरिकको उपस्थिति रहेको थियो।
बारा जिल्ला देवताल वार्ड नम्बर ४ पिप्राडि गोठ स्थित नव निर्मित प्रहरी चौकि बारा जिल्ला प्रशासन कार्यालयका प्रमुख सुरेन्द्र पौडेल,देवतात गाउँ पालिका अध्यक्ष चन्दन कुमार सिंह र बारा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहि संयुक्त रुपमा समुद्घाटन गरेका थिए।