विणा श्रीवास्तव । गौर । श्रावण ०७ गते
चन्द्रपुरमा महिला हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । “समुदाय–प्रहरी साझेदारी“ कार्यक्रम अन्तर्गत बिहीबार बिहान १२ः०५ बजेको समयमा सो कार्यक्रम सम्पन्न भएको हो । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुर स्थितमा रहेको वडा कार्यालयको भवनमा कार्यक्रम गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी पौरहीबाट प्रहरी सहायक निरीक्षक नविन कुमार कापरको कमाण्डमा खटि गएको प्रहरी टोली र सोही वडाका स्थानिय बासिन्दा, जनप्रतिनिधी लगाएत अन्दाजी २५÷३० जनाको सहभागितामा महिला हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।