सिरहाको धनगढीमाई नगरपालिकामा छात्रालाई साइकल वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण १२, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
सिरहाको धनगढीमाई नगरपालिकामा छात्रालाई साइकल वितरण


राजेन्द्र महतो लहान साउन ११ गते ।
प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका – १२ को तुलसी राम सत्य लामा माध्यमिक विद्यालय का ४३ छात्रालाई साइकल वितरण गरिएको छ । प्रदेश नं २ सरकारले सो विद्यालयका कक्षा ८ मा अध्यायनरत ४३ छात्रालाई साइकल वितरण गरेको हो । तुलसी राम सत्य लामा माध्यमिक विद्यालय का प्रधानाध्यापक बलराम भक्त श्रेष्ठ को सभापतित्वमा आईतबार भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानिय जनप्रतिनिधि लगायत वडा अध्यक्ष राजु श्रेष्ठसमेतको उपस्थितमा विद्यालयको कक्षा ८ मा अध्यायनरत छात्रालाई साइकल वितरण गरेका हुन । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलराम भक्त श्रेष्ठले विद्यार्थीलाई साइकल वितरण कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छ्न ।

ताजा अपडेट

खोजी गर्नुहोस