दिपेन्द्र जयसवाल,बारा साउन ११ गते ।
बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय पथलैया, बाराका २५ जना छात्राहरुलाई साईकल बितरण गरिएको छ । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त २५ थान साइकल कक्षा आठमा अध्ययनरत २५ जना छात्राहरुलाई बितरण गरिएको वडा सदस्य राम प्रसाद धौजुले जानकारी दिएका छन् । छात्राहरुलाई प्रदेश सभा सदस्य सुन्दर बहादुर बिश्वकर्मा र सिता गुरुङ्गले साईकल बितरण गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ का वडाध्यक्ष हिरा बहादुर गुरुङ्गको अध्यक्षतमा भएको कार्यक्रममा कार्यपालिका सदस्द सुभोद्रा न्यौपाने र बिद्यालयका प्रधानध्यापक शम्भु मण्डल लगायत वडा सदस्यहरुको सहभागिता रहेको थियो ।