रामशरण यादव । रौतहट । साउन ११ गते
रौतहट जिल्लाको निर्वाचन क्षेत्र न ३ अन्तर्गत फतुवा बिजयपुर नगरपालिकामा अवस्थित बिवाह भवन एवम पार्टी कार्यालयमा आज एक कार्यक्रमका बीच नगर स्तरिय आइटि आर्मीको भेला सम्पन भएको छ । उक्त भेलाले श्रीभगवान साहको नेतृत्वमा ५५ सदस्य नगर कमिटि गठन गरिएको छ । संयोजकमा श्रीभगवान साह ,उपाध्यक्ष राकेश यादव , सचिव निर्मल परियार, स– सचिव मुकेश यादव सर्वसहमति बाट चयन गरिएको छ । र त्यस्तै कटहरिया नगरपालिकामा पनि नगर स्तरिय आइटि आर्मीको भेला सम्पन्न भएको छ । तराई मधेश सहिद स्मृती प्रतिष्ठानमा ६१ सदस्यीय नगर कमिटि गठन भएको छ । संयोजकमा कृष्ण यादव , कोषाध्यक्षमा नरेन्द्र यादव , सचिव जितेन्द्र यादव सर्वसहमतिबाट चयन गरिएको छ । र गुजरा मा पनि आजै आइतवार नगर स्तरिय आइटि आर्मीको गठन गरिएको छ । ५५ सदस्य नगर कमिटि गठन भएको जनाइएको छ । अध्यक्षमा कलाम सिद्दिकी , उपाध्यक्ष किश्नाथ राम , उपाध्यक्ष नेक महमद ,सचिव शेख जमिउल्लाह ,सह– सचिव दिनेश चौधरी सर्वसहमतिबाट चयन गरिएको छ । सो सम्पूर्ण कमिटीले गर्ने कार्यहरु भ्रष्टाचार, कुशासन, आराजकता एवं दण्डहिनताको विरुद्ध संघर्ष गर्ने समाजमा बिधमान बिकृति, बिसंगती हटाऊन युवाहरुको महत्वपूर्ण भूमिका रहने छ । युवाहरुको बृहत मोटरसाइकल १६ गते शनिबार बृहत् रैलीको गर्ने भेलाले निर्णय पनि गरेकोे छ । सो कार्यक्रम आइटि आर्मीका रौतहट जिल्ला सभापति नरेश साह तुरहाको अध्यक्षतमा सम्पन भएको थियो । सो अवसरमा पूर्व प्रभु साह को स्वकिय सचिव विजय यादव निर्विज, युवा संघको केन्दिय सदस्य नेता संजय यादव , चन्दन कुशवाहा , राजनारायण साह , रामप्रबेश साह , रामाकान्त यादव पुर्व जनमुक्ति सेना सुरेन्द्र यादव लागायतका जन प्रतिनिधिहरुको रोहबरमा नगर स्तरिय आइटि आर्मीको भेला कार्यक्रम सम्पन भएको थियो ।