आरके श्रीवास्तव । रौतहट । साउन १३ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत संचालित (आरम्भ )किशोरी शिक्षा कार्यक्रमको संयुक्तरूपमा अनुगमन गरिएको छ । नगर प्रमुख सियाराम कुशवाहाको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश सहितको संयुक्त अनुगमन पालिका र आसमान नेपाल बाट भएको थियोे । कटहरिया नगरपालिका अन्तर्गत संचालित सिकाई केन्द्रहरूमा सो टोली पुगेको थियो । नगरप्रमुख कुशवाहा, आसमान का बोर्ड सदस्य रामप्रबेश यदव र शिक्षा संयोजक अनिल निधि सहितको टोली अनुगमनमा सामिल थिए । संयुक्त अनुगमन टोलीले किशोरी सिकाई केन्द्र हप्तामा कति दिन र दैनिक कति घण्टा कक्षा संचालन,अध्ययन ÷अध्यापन गराईएको विषय,शिक्षण विधिहरू,किशोरीहरू लाई पढ्न घरपरिवारले कसरी सहयोग पुर्याइरहेको छ, किशोरी सिकाइ केन्द्र बाट कस्ता कुराहरू सिकेको,पढ्ने क्रममा भोगेका चुनौतीहरू,किशोरीहरू नगरपालिका बाट के कस्ता सहयोगको अपेक्षा राखेको हो लगायतका विषयमा बुझन सो टोली पुगेको आसमान नेपालका आरम्भ परियोजनाको शिक्षा अधिकृत अरविन्द कुमार साहले जानकारी गराउनु भयो । नगरप्रमुख कुशवाहा र प्रमुख प्रशासकीय अधिकृत साह सँगै जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख रामबिनय कुमार सिंह,मौलापुर शिक्षा संयोजक अनिल निधिका व्यक्तीहरुको सहभागीता रहेको थियो । पिपुल ईन निडको सहकार्यमा आसमान नेपाल द्वारा सञ्चालित आरम्भ परियोजना अन्तर्गत मौलापुर नगरपालिकामा ४१ वटा सिकाई केन्द्र सञ्चालनमा रहेको छ । डिएफआईडिको आर्थिक सहयोग , पिन नेपालको प्राविधिक सहयोग र आसमान नेपालको आयोजनामा सो परियोजना संचालनमा रहेको छ । यो परियोजना रौतहट जिल्लाको मौलापुर नगरपालिका र कटहरिया नगरपालिकामा सञ्चालनमा रहेको आसमान नेपालले जनाएको हो । कटहरिया नगरपालिकामा सञ्चालनमा रहेको सिकाई केन्द्रहरूमा ४१ जना सहजकर्ता रहेका छन् भने ७ जना समाजिक परिचालक काम गरिरहेका छन् । १६ डिसेम्बर सन् २०२० देखि ३१ जुलाई देखि २०२१ सम्म कटहरिया नगरपालिकामा आरम्भ परियोजना सञ्चालनमा रह्ने अधिकृत साहले बताउनु भयो । आरम्भ परियोजना अन्तर्गत कटहरिया नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सिकाई केन्द्रहरूमा ८ सय २३ जना सहभागी रहेका छन् । जसमध्ये विवाहित १७३ जना रहेका छन् । कटहरिया नपाामा ७ महिना देखि सञ्चालनमा रहेको सो परियोजना अन्तर्गत आसमान नेपालले विधालय बाहिर रहेका ४३५ जना किशोरीहरू लाई विधालय भर्ना गर्न सफल भएको छ । विधालयमा भर्ना हुन नचाहने महिलाहरू(किशोरी ) लाई लाईफ प्लान अन्तर्गत आवश्यक सीपमूलक तालिम दिईने बताइएको हो । विधालय भर्ना भएका किशोरीहरू लाई आसमान नेपालले आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउने अधिकृत शाहले बताए । साथै उनीहरू लाई ३ महिने ब्रिजिङ्ग क्लास विधालयको शिक्षकको सहयोगमा सञ्चालन गरिने बताउनु भयो । अनुगमन टिमले अन्तमा संयुक्त अनुगमनको समिक्षा,सिएलसिको सामाग्री हस्तान्तरण ,किशोरीहरूको विधालय शिक्षा निरन्तरता सहितको विषयमा निर्णय गरिएको थियो ।