रौशन चौधरी । साउन १४ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर–६ फतेपुरमा ग्यास सिलिन्डर बाँड्ने बहानामा घोर भ्रष्टाचारी भएको स्थानीयले गुनासो गरेको छ । कटहरिया नगरपालिकाको नगर सभा बाटै वडा नम्बर ६ मा ग्यास सिलिन्डर वितरण गर्नका लागी ३० लाख रुपैयाँ बिनियोजन गरेता पनि उक्त पैसालाई तराई मधेश सहिद स्मृति प्रतिष्ठानको नाउमा पठाई सोही पैसाले ग्यास सिलिन्डर वितरण गरेर,उक्त ग्यास सिलिन्डरहरु प्रभु साहले दिएको हो भन्दै जनतालाई भ्रममा पारेर लोकप्रियता कमाउनमा कमाई रहेको नेकपा माओवादी केन्द्र को भातृ संगठन वाईसियलका जिल्ला संयोजक अंजित कुश्वाहा को आरोप छ । कुश्वाहा का अनुसार गरीब, विपन्न र निउन आय भएका परिवारलाई ग्यास सिलिन्डर वितरण गर्ने निर्णय भएता पनि,नगर प्रमुख सियाराम कुश्पाहाले जनता जनतामा विभेद गरी आफ्नो नजिकी र आफ्नै पक्षमा रहने व्यक्तिहरु लाई मात्र गैंस सिलिन्डर दिएको उनको आरोप छ । वडा नम्बर ६ मा ६०० थान ग्यास सिलिन्डर वितरण गर्ने योजना थियो। तर मेयर कुश्वाहाले ४५० थान मात्र गैस सिलिन्डर बाँडेको र त्यसमा पनि गाउँका ठूलाबडा र आफ्नो मानिसलाई मात्र सिलिन्डर दिएको र ६०० थान सिलिन्डर बितरण गरिसकेको प्रचारबाजी मात्र रहेको उनले बताए । गाउँका एक दलितले ग्यास सिलिण्डर माग्दा नदिएको आरोप लगाउदै, रोसी दास, रामबिनय पासवान,सरेन्द्र राम लगायत सो वडाका अधिकांस दलितहरुले सिलिण्डर वितरणमा पक्षपात भएको आरोप लगाएका छन् ।
आफुले वडाका सबै जनतालाई सामानरुपले उक्त सिलिन्डरहरु बाँडिदिन बारम्बार आग्रह गरे पनि, मेयर कुश्वाहाले आफुलाई भोट दिएकाहरुलाई मात्रै सिलिन्डर दिनेछु भनेपछी मेयर कुश्वाहाको बिरोध गर्दै आएको उनले बताए ।