सुबान्नद यादव रौतहट । साउन २० गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा जनप्रतिनिधि बाट नै नगर कार्यपालिकाको कार्यालयमा ताल्चा लगाएपछि सेवाग्राहीहरू मारमा परेका छन् । सामाजिक सुरक्षा भता,बालपोषण भता,जनताको सिफारिसका कामहरू प्रभावित बनेका हुन् । सुरक्षित आवासको विषयलाई लिएर दुई दिन अघि मात्रै उपमेयर नुरजहाँ खातुनका श्रीमान् नसरूदिन अन्सारी र कटहरिया नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सर्फलालले नगरपालिकाको लेखा शाखामा ताल्चा लगाई सम्पर्क बिहिन बनेपछि सेवाग्राही मर्कामा परेका हुन् । स्रोतका अनुसार वहाँहरू ताल्चा लगाएर काठमाडौं पुगेको बुझिएको हो । जनप्रतिनिधिहरू लडाइँमा जनता सास्ती खेप्न बाध्य भएका हुन् । सोमबार पत्रकारहरूको टिम कटहरिया नगरपालिकामा पुग्दा सेवाग्राहीहरूले गुणासो पोखेका हुन् । सेवाग्राहीहरू कटहरिया नगरपालिका वडा नम्बर ४ बलिरामपुरका उमाशंकर दास आफनो काम विशेषले जादा खाली हाथ फर्कन बाध्य भएका हुन् । त्यस्तै देवाही गोनाही ७ का अच्छेलाल महतो तीन दिन दुेखि बैंक प्रायोजनको लागि मालपोत रसिद कटाउन धाईरहेका छन् । तर उनी रित्तो हाथ फर्किन बाध्य छन् । यी दुई जना सेवाग्राही उदाहरण मात्र हुन् । यस्ता दर्जनौं सेवाग्राहीहरूको पीडा रहेको छ । सेवाग्राहीहरूको पीडा सुन्ने कोहि छैन् । कार्यालय प्रमुख रामप्रकास साहको झनै लापरबाही देखिएको छ । कार्यालय आउनै छाडेका हुन् । यस विषयमा नगरप्रमुख सियाराम कुश्वाहा सँग सोध्दा नपामा ताल्चा लगाएका गैरजिम्मेवार जनप्रतिनिधिहरूको कारणले जनता लाई सास्ती खेप्नु परेकोमा दुःख व्यक्त गरेका हुन् । आफू काम विशेषले बाहिर रहेकाले आउने बितिकै समस्या सामाधान गर्ने बताए । सुरक्षित आवासको विषयलाई लिएर कटहरिया नगरपालिकामा विवाद देखिएको छ । सो योजनामा छनौट भएका लाभग्राहीहरूले भुक्तानी पाउन माग गरिरहेका छन् भने अर्को पक्षले क्राईटेरिया बाहिर रहेकोले भुक्तानी रोक्न दबाब दिईरहेका छन् । सुरक्षित आवासका ईन्जिनियर संजय प्रसाद साहले क्राईटेरिया भित्र नै रहेकोले भुक्तानी रोक्न नमिल्ने बताई रहेका छन् । नगरपालिकामा भएको तालाबन्दीको विषयमा ईप्रका कटहरियाका सई विरेन्द्र यादव सँग सोध्दा ताल्चा लगाएका व्यक्तिहरू काठमाडौं गएकोले दुबै पक्ष आएपछि समझदारी गराएर ताल्चा खोलिने बताए । ताल्चा खोलन कसैले पनि चासो नदेखाएको बताए ।