युवा संघ नेपाल कलैया उपमहानगरपालिका नगर कमिटीद्वारा बिपन्न बर्गलाई राहत स्वरुप खाद्यान्न बितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण २२, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
युवा संघ नेपाल कलैया उपमहानगरपालिका नगर कमिटीद्वारा बिपन्न बर्गलाई राहत स्वरुप खाद्यान्न बितरण


दिपेन्द्र जयसवाल,बारा साउन २१ गते ।
युवा संघ नेपाल कलैया उपमहानगरपालिका नगर कमिटीद्वारा वडा नम्बर ९ रामपुरको कौवावा टोलमा बिपन्न बर्गलाई राहत स्वरुप खाद्यान्न बितरण गरिएको छ । सो स्थानका ५४ जना बिपन्न गरिब परिवारलाई चामल बितरण गरिएको प्रमुख अतिथि युवा संघका केन्द्रिय सचिव एवम नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य ध्रुब यादबले बताउनु भयो । युवा संघका सबै साथिहरुले आ आफ्नै पकेट मनि जम्मा गरेर ती बिपन्न परिवारहरुका लागी हामीले चामल किनेर हस्तान्तरण गरेको कार्यक्रमका बिशिष्ट अतिथि रहेका युवा संघका केन्द्रिय सचिवालय सदस्य एवम बारा जिल्ला इन्चार्ज राजेश पटेलले जानकारी गराउनुभयो । पटेलले हामीले केवल नेता र जनप्रतिनिधिको मुख ताक्नु भन्दा सबै युवाहरुले समाज परिवर्तनका लागि आ आफ्नो स्थानबाट लाग्नुपर्नेमा जोड दिनुभयो । उपमहानगर कमिटी अध्यक्ष हरिओम साहको अध्यक्षतामा भएको राहत बितरणको सो अवसरमा एमालेका नेता सुरेश मोदक,युवा संघ जिल्ला सह ईन्चार्ज गणेश रिजाल,उपाध्यक्ष आर के भट्टराई,नगर सचिव तारिक अन्सारी सहितकाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन युवा संघ कलैया नगर कमिटी सचिव जितेन्द्र साहले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस