भदौ ४ गते रौतहट ।
रौतहट जिल्ला कै चर्चित घटनाको रुपमा चित्रण गरिएको पहिलो संविधान सभाको निर्वाचनको पुर्व सन्ध्यामा भएको राजपुर बम काण्डको नेपाल सरकारका साक्षीले घटनामा मृत्यु भएको भनिएको व्यक्ति निर्वाचन सम्पन्न भएको ३ दिन पछि सर्लाही जिल्लाको लालबन्दीमा जिवितै भेटघाट भएको रौतहट जिल्ला अदालतमा वयान दिएको छ !
नेपाली कांग्रेसका सांसद एवं पुर्व मन्त्रि महमद आफताव आलम पक्राउ परि कारागार जीवन विताई रहेका विस्फोटक पदार्थ बम समेत प्रयोग गरि ज्यान मार्ने उधोग तथा कर्तव्य ज्यान सम्वन्धि कसुर मुदाका सरकारी गवाह समसुल मियाले २०७७/०७/०६ मा जिल्ला न्यायधिश चित्र बहादुर गुरुङ को इजलासमा बकपत्र गर्दा घटनामा मरिएका ओसी अख्तर र पिन्टु भनिने त्रिलोक प्रताव सिंह घटना भनिएको मिति २०६४ चैत्र २७ गते पछि सर्लाही जिल्लाको लालबन्दीमा भेटेको दावी गरेका छन् !
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता सुवास कुमार भट्टराईले सोधेको सवाल नम्बर ६ को प्रशनको जवावमा घटनाको प्रत्यक्षदर्शी भनिएका साक्षी समसुल मियाले ज्वाई ओसी अख्तर २०६४ सालमा विदेशबाट घर फर्की आएको र आफु निर्वाचनमा भाग लिएर तरकारीको व्यापार गर्नको लागि लालबन्दी गएको पछि अख्तर र त्रिलोक प्रताप सिंह ३, ४ दिन पछि लालवंदीमा भेटघाट गरेको उल्लेख गरेका छन् !
सरकार पक्षका कानुन व्यवसायीहरुले गरेको जिरहमा समसुल मियाले प्रहरीले पहिला देखि लेखि राखेको वयानको कागजमा बल्जवार्दस्ती हस्ताक्षर गरेको समेत वयान दिएका हुन् ! वयानमा निवेदक शैलेन्द्र साह नेकपा एमालेको उम्मेदवार रहेको र ज्वाई ओसी अख्तरको आमा रोक्सना खातुन कम्युनिस्टको कार्यकर्ता रहेकोले दुवैको विचमा मित्रता भएको र ज्वाई सित विबाद भएकोले घर बाहिर रहदै आएको जिकिर समेत गरेको छ !
विष्फोटमा परि घाइते भएपछी जिउदै इट्टा भट्टामा पोलेर जलाईएको भनिएको ओसी अख्तर निर्वाचनको दिन र निर्वाचन भन्दा एक दिन पहिला भेट भएको वयान दिएको छ ! अनुसन्धानको क्रममा कागज गर्दा प्रहरीले कागजमा लेखेको कुरा पढी बाची नसुनेको र धम्कि दिदा डरले सनाखत गरी दिएको उल्लेख गरेको वयानको कागजबाट देखिरहेको छ !
शैलेन्द्र साहले काठमाडौँ आफ्नो घरमा लागि दुइ चार जना संचारकर्मी र केहि अन्य व्यक्ति बोलाई बलजवरदस्ती घटना पुर्व मन्त्रि आफताव आलमले निर्वाचन जित्नको लागि गरेको अन्तर्वार्ता दिन लागेको सरकारी साक्षीले बकपत्र गरेको छ ! सवाल नम्बर १८ को जवाव दिदै समसुल मियाले जिल्ला प्रहरी कार्यालयबाट मलाई बोलाएर सर्लाही जिल्लाको पिपरनाथ लागेको र प्रसाशनले आफै सपही अहमद सित कुरो गरेको मैले नगरेको वयान लेखाएका छन् !
नेकपा एमालेका तर्फबाट निर्वाचनमा भाग लिएका शैलेन्द्र साहले राजनीतिक विषय लिएर पुर्व मन्त्रि आलमलाइ फसाएको कुरा सरकारी गवाहको बकपत्रबाट पुस्टि भैरहेको अवस्था रहेको छ ! बुथ कव्जा गर्ने उदेश्यले बम बनाई रहेको बेला भएको विष्फोटमा घाइते भएका भनिएको मृतक ओसी अख्तर र त्रिलोक प्रताप सिंहको जिउदै इँटा भट्टामा पोलेर जलाएको कुनै प्रमाण फेला नपरेको र अनुसन्धान को क्रममा भनिएको घटना बनावटी समेत रहेकोले राजनीतिक रुपमा बुवालाइ फसाईएकोले न्याय पाउनु पर्ने आलमको छोरा डाक्टर राजिक आलमले आपिल गरेका छन् !
मिसिलमा कही कतैबाट दोषी नदेखिएको अवस्थामा बल पुर्वक बुवालाइ थुनिएको हुदा रिहा गरिनु पर्ने धर्ना उहाको रहेको छ !