जिल्ला प्रहरी कार्यालय सर्लाहीमा चिकित्सा निरीक्षण कक्षको स्थापना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ५, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा चिकित्सा निरीक्षण कक्षको स्थापना

राजिव शाह – सर्लाही
सर्लाहीको सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा चिकित्सा निरीक्षण ( Medical Inspection ) को स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई कार्य सम्पादनको क्रममा हुन सक्ने स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्ने विभागीय लक्ष्य एंव उद्देश्य अनुरूप यस जिल्ला जिल्ला प्रहरी कार्यालय परिसरमा MI Room को स्थापना गरिएको जिप्रकाले जनाएको छ।
उक्त MI Room मार्फत प्रहरी कर्मचारीहरु सहित कार्यालयमा आउने सेवाग्राही, अनुसन्धानको क्रममा थुनामा रहेका व्यक्तिहरूलाई समेत तत्काल स्वास्थ्य समस्या देखिएमा प्राथमिक उपचार प्रदान गरिने जिप्रकाले बताएको छ।
यसका साथै नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा संचालित टेलिमेडिसिन सम्बन्धी सेवा समेत सोहि ठाउँबाट प्रदान गरी प्रहरी कर्मचारीहरूको सम्बन्धित रोग विशेषज्ञ डाक्टरसँग भिडियो कल मार्फत परामर्श प्रदान गर्ने व्यवस्था समेत मिलाईएको कार्यालयले जानकारी गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस