पवन प्रसाद साह
वीरगञ्ज, ४ भदौ
राज संस्थाको समर्थनमा वीरगञ्जमा प्रदर्शन भएको छ ।
रत्नराज्य लक्ष्मीदेवी शाहको ९४ औँ जन्मोत्सवका अवसरमा नेपाल राष्ट्रवाद संघले प्रदर्शन गरेको हो । वीरगञ्ज नगर परिक्रमा गर्दै राजावादीहरुले राजसंस्था पुर्नस्थापना हुनुपर्ने माग गरेका छन् ।
संघका अध्यक्ष जनकलाल साहको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले ‘राजा आउ, देश बचाउ, एमसीसी चाँहिदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।
सो कार्यक्रममा उमाशंकर साह कलवार, सन्तोष साह, पृथ्वी झा, बजरंगी साह, बिरेन्द्र साह तेली, दिपेन्द्र गुप्ता, लगायत ले रत्नराज्य लक्ष्मी देवी साहको बारेमा चर्चा गर्नु भएको थियो तथा राजा को देशमा आवश्यकता रहेको चर्चा गर्नु भएको थियो।
वीरगञ्जको घण्टाघरबाट शुरु भएको रयाली नगर परिक्रमापछि बाल मन्दिरमा पुगेर रत्नराज्य लक्ष्मीको तस्बिरमा माल्यार्पण गरेर सम्पन्न भएको थियो ।