उपेन्द्र पासवान भदौ ५ गते बारा / नेपाल परिवार दल बारा ले अत्ति विपन्न परिवार लाई रक्षा बधनको उपलक्ष्यमा राहत बितरण गरेको छ । उक्त पार्टी ले आज देवताल गाउपालिका वार्ड न ४ मा एक कार्यक्रम बीच राहत स्वरुप खाद्यान्न बितरण गरेको हो । देवताल गाउ पालिका को वार्ड ४ र ५ का २५ घर धुरी लाई राहत बितरण गरिएको हो ।राहत स्वरुप एक जना लाई कतर्नी चामल १५ केजी , आटा २.५ केजी , मसुर दाल १ केजी ,भटवास दाल १ केजी ,खाने तेल १ पकिट , चिनी १ केजी ,मासाला १÷२ केजी ,नुहाउने साबुन १ पिस नुन १ केजी बितरण गरिएको हो । जिल्ला सचीव अच्छेलाल राम को अध्यक्षता सम्पन्न कार्यक्रम को प्रमुख अतिथि नेपाल परिवार दल बारा जिल्ला अध्यक्ष रामचन्द्र चौधरी को रहेको थियोे । कोभिड –ज्ञढ कोरोना बाट बाच्न सपुर्ण जनताहरु लाइ संदेश संगै माक्स र राहत समागरी वितरण गरिएको थियो र जनता को समक्ष सुःख दुःखमा साथदिने प्रतिबद्धता गर्नु भएको थियोे । त्यसैगरी महिला समाज सेवि रुना चौधरी गान्धी सहनी देवताल गाउँ पालिका को यूवा नेता बिकाश सिंह शिक्षक अवधकिशोर गिरी,बिजय कुमार मिश्रा लगायत पार्टी का विभिन्न पदाधिकारीहरु , सुरक्षाकर्मी ,सन्चारकर्मी को उपस्थिति रहेको थियो ।