रक्षा बनधन तथा जनैपूर्णिमा को अवसर मा परिवार दल बारा ले गरे राहत बितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ६, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
रक्षा बनधन तथा जनैपूर्णिमा को अवसर मा परिवार दल बारा ले गरे राहत बितरण

उपेन्द्र पासवान
बारा

नेपाल परिवार दल बारा ले अत्ति विपन्न परिवार लाई रक्षा बधनको उपलक्ष्यमा राहत बितरण गरेको छ । उक्त पार्टी ले आज देवताल गाउपालिका वार्ड न ४ मा एक कार्यक्रम बीच राहत स्वरुप खाद्यान्न बितरण गरेको हो ।

देवताल गाउ पालिका को वार्ड ४ र ५ का २५ घर धुरी लाई राहत बितरण गरिएको हो ।राहत स्वरुप एक जना लाई कतर्नी चामल १५ केजी , आटा २.५ केजी , मसुर दाल १ केजी ,भटवास दाल १ केजी ,खाने तेल १ पकिट , चिनी १ केजी ,मासाला १/२ केजी ,नुहाउने साबुन १ पिस नुन १ केजी बितरण गरिएको हो ।

जिल्ला सचीव अच्छेलाल राम को अध्यक्षता सम्पन्न कार्यक्रम
को प्रमुख अतिथि नेपाल परिवार दल बारा जिल्ला अध्यक्ष रामचन्द्र चौधरी को रहेको थियोे ।
कोभिड -19 कोरोना बाट बाच्न सपुर्ण जनताहरु लाइ संदेश संगै माक्स र राहत समागरी वितरण गरिएको थियो र जनता को समक्ष सु:ख दु:खमा साथदिने प्रतिबद्धता गर्नु भएको थियोे ।
त्यसैगरी महिला समाज सेवि रुना चौधरी गान्धी सहनी देवताल गाउँ पालिका को यूवा नेता बिकाश सिंह शिक्षक अवधकिशोर गिरी,बिजय कुमार मिश्रा लगायत पार्टी का विभिन्न पदाधिकारीहरु , सुरक्षाकर्मी ,सन्चारकर्मी को उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस