धनुषामा हत्या गरि शव गाडिएको अवस्थामा फेला, प्रहरी अनुसन्धान थालनी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ८, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
धनुषामा हत्या गरि शव गाडिएको अवस्थामा फेला, प्रहरी अनुसन्धान थालनी

जनकपुरधाम । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नं. ५ मा ललियामा एक पुरुष र एक महिलाको हत्या गरि शव गाडिएको अवस्थामा फेला परेको हाे ।

शव स्थानिय चेता भन्ने रामवृक्ष मण्डल र नाम थाहा नभएको मृतककै वुहारीको शव फेला परेको स्थानियबासिन्दाहरुले जानकारी दिएका छन् । मृतक महिला भागेश्वर मण्डलको श्रीमती हो ।

मृतक दुवै जना वेपत्ता भएको गाउँलेहरुले खवर पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी घटना स्थल पुगेर अनुसन्धान गरि रहेको छ । घटनाबारे विस्तृत जानकारी आउन बांकी छ ।

महोत्तरीको भमरपुरामा भएको हत्याको घटना नसेलाउदै धनुषामा समेत हत्याको घटना सार्वजनिक भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस