ससुरा र बुहारीको शव गाडेको अवस्थामा फेला‚ हत्या आरोपमा छोरा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ८, मंगलबार (४ साल अघि)
  • ६ पटक पढिएको
ससुरा र बुहारीको शव गाडेको अवस्थामा फेला‚ हत्या आरोपमा छोरा पक्राउ

जनकपुरधाम : मिथिला बिहारी नगरपालिकामा ससुरा र बुहारीको शव एउटै खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार मिथिला बिहारी-५ ललियाका ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया अम्रिका देवी मण्डलको शव फेला परेको हो। उनीहरुको हत्या आरोपमा रामवृक्षका छोरा ३० वर्षीय भागेश्वरलाई नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

दुवै जनाको शव घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको अवस्थमा फेला परेको हो। रातिदेखि बेपत्ता उनीहरुको खोजतलास गर्ने क्रममा झाडीमा माटो खनिएको जस्तो शंकास्पद ठाउँ देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटना लगत्तै प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरेर शव गाडेको स्वीकार गरेको प्रहरीले बताएको छ। शव गाडेको ठाउँमा शव निकालेका थिए ।

मृतक दुवैजनाको टाउकोमा गहिरो चोट देखिएकाले रड प्रहार गरी हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। राति नै हत्या गरेर शव गाडेको शंका छ।

भागेश्वरले वैदेशिक रोजगारमा रहेका बेला बुवा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशंकामा हत्या गरेको हुन सक्ने आशंका गरिएको छ। स्थानीयका अनुसार भागेश्वर गत वर्ष वैदेशिक रोजगारीबाट घर फर्केका हुन्। घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशंका गर्दै आएका थिए। जस कारण उनको श्रीमतीसँग दिनहुँ झगडा हुँदै आएको बताइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस