जेसिस सप्ताह-२०२१ को तेस्रो दिन सरसफाइ र लागू औषध तथा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १०, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
जेसिस सप्ताह-२०२१ को तेस्रो दिन सरसफाइ र लागू औषध तथा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न


अमरेस कुमार पाण्डेय
बारा, भदौ

कलैया सिटी जेसिजले जेसीज सप्ताह अन्तर्गत आज तेस्रो दिन सरसफाइ र लागू औषध तथा लैङ्गिक हिंसा सम्बन्धि कार्यहरू गरेको छ । कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षता तथा कलैया उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेश महतोको प्रमुख आतिथ्यमा कलैया वडा नं. २ स्थित मुक्तेश्वर महादेव मन्दिरको सरसफाइ कार्यक्रम गरियो । जेसीज सप्ताहको तेस्रो दिन चौथो कार्यक्रमको रूपमा जेसिज का अध्यक्ष जेसी शम्भू कुमार गुप्ता को अध्यक्षता मा कलैया उपमहानगरपालिका ने. रा. मा. बि. मदरसा मा पनि जिल्ला प्रहरी कार्यालय बारा का प्रहरी निरीक्षक सुरेन्द्र यादब को प्रमुख अतिथि मा लागू औषध तथा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम गरिएको छ । जेसीज सप्ताह सात दिन सात कार्यक्रम हुने कलैया सिटी जेसिजका महासचिव जेसी पवन कुशवाहा ले बताए ।
उक्त कार्यक्रममा कलैया सिटी जेसिजका पुर्वअध्यक्ष गंगासागर कुशवाहा, धानिलाल साह सोनार, का. उपाध्यक्ष विजय गिरी, उपाध्यक्ष सन्दीप शाह, श्याम केशरी, बोर्ड सलाहकार अनिल कुशवाहा, सन्दीप बरै, मानार्थ सदस्य वैजु दास, सदस्यहरु अंकुश बायहुत, अर्जुन गुप्ता, गणेश कुमार साह, ओमप्रकाश सर्राफ, भोला साह, निजमोदिन अंसारी, शाखा सम्पादक उमेश शाह, संजय शाह लगायत कलैया सिटी जेसिज का पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस