रमेश कुमार यादब भदौ १० ,रौतहट
रौतहट जिल्लाको पत्रकार मोजिबुल्लाह प्रकरणमा बिहिबार सदरमुकाममा आन्दोलन गरेका छन । बिहिबार पत्रकार मोजिबुल्लाह प्रकरणमा जिल्ला प्रहरी कार्यलयका तत्कालिन नियमित प्रमुख डिएसपि नरायण प्रसाद चिमोरियाको कारवाहिको माग गर्दै गौरमा पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन ।रौतहटको प्रसिद्द ठाउँ गौरको बिपि चौक हुँदै जिल्ला प्रशासनमा गएर कोण सभामा परिणत गरेका थिए । गएको साउन ३२ गते घुमुवा प्रहरीको प्रत्यक्ष रोहवरमा पत्रकार मोजिबुल्लाले चढेको मोटरसाइकलमा लागूऔषध नाइँट्रोभेट १०५ ट्याब्लेट अन्य व्यक्ति सित राख्न लगाई समातेको घटना प्रहरी उपरीक्षक शाह र पत्रकार महासँघको सह–सचिव सँजय सहनीसाथै भएको कुराकानीको अडि़यो रेकर्ड सार्वजनिक भएपछि प्रहरी उपरीक्षक शाह साथै दुबै जनाको समेत संग्लनता देखिएकोले प्रहरीलाई बसखास्त गर्न माग गरेका छन । प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहको सार्वजनिक भएको अडियो संवादको अधारमा जिम्मेवारी खोसिएको भएपनि प्रत्यक्ष रुपमा संलग्न रहेका प्रहरी नायव उपरीक्षक चिमोरियालाइ पनि निलम्बन गरि लागु औषध ओसार पोसारको अभियोगमा मुद्दा चलाउनु पर्ने माग गर्दै पत्रकारहरुले प्रहरी प्रसाशनको विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेको छ ।उक्त आन्दोलनमा बैनर सहित बिभिन्न किसिमका प्लेकार्ड सहित आन्दोलन गरेका थिए ।बिभिन्न नारा सहित जस्तै पत्रकार एकता जिन्दावाद ,नेपाल पत्रकार महासंघ जिन्दावाद ,प्रहरी प्रशासन मुर्दावाद ,निर्दोष फसाउन पाईदैन,दोषी माथी कार्यवाही गर,पत्रकार माथिको दमन बन्द गर नाराको साथ बिहिबार नेपाल पत्रकार महासंघ रौतहट शाखाद्वारा सदरमुकाम गौरमा आन्दोलन गरेको छन ।उक्त आन्दोलनमा नेपाल पत्रकार महासँघका क्रियासिल पत्रकारहरुको सहभागिता रहेका थिए । सभाको सम्बोधन गर्दै नेपाल पत्रकार महासँघका प्रदेश सदस्य शैलेन्द्र झाले भने जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी, डिएसपी र दोषीलाई कार्वाही गर्नुपर्छ नत्र नेपाल पत्रकार महासंघ रौतहट जिल्ला देखि प्रदेशभरि चरमबद्ध रुपमा आन्दोलन हुने चेतावनी पनि दिएका छन ।