काठमाडौं, १४ भदौ । देशभर ३५ हजार ८ सय ७४ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । पछिल्लो २४ घन्टामा १ हजार ८ सय ८ जना संक्रमणमुक्त भएसँगै हालसम्म ७ लाख १५ हजार ५ सय २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा आज कोरोना भाइरसका २ हजार २ सय ९५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ६१ हजार १ सय २४ पुगेको छ । कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार आज १६ हजार २ सय ३३ जनाको कोरोना परीक्षणमा १९ सय २ जना पिसीआर र ३ सय ९३ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।