रमेश कुमार यादब
भदौँ १४ ,रौतहट
रौतहट लगायत बिश्व भरी फैलिएको बिश्व ब्यापी महामारी कोरोनाको कारण बिधालय बन्द हुँदा बिधार्थी मारमा परेका छन ।विद्यालय बन्द भएपछि साना बालबालिकाले सामान्य पढाइ समेत बिर्सन थालेका छन् भने माथिल्ला कक्षामा पढ्ने बालबालिकामा पढाइ नियमित नगर्ने जोखिम बढेको छ । कोरोना कहर संगै बिद्यालय बन्द हुँदा घरमा अध्ययनको कार्य राम्रो संग तथा नियमीत हुँन नपाउँदा उनीहरुको पढाइ बिग्रदै गएको अभिभावकहरु बताउँछन् ।दोस्रो चरणमा फैलीएको कोरोना कहरले गर्दा लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन् । वैशाख महिनायता विद्यालय सञ्चालमा छैनन् । सहरी क्षेत्रमा केहि अनलाईन पढाई हुँदा पनि ग्रामिण भेगमा अनलाइ कक्षा संभव छैन । जसका कारण बालबालिकाले आधारभुत कुरा पनि बिर्सिएको रौतहट जिल्लाको बृन्दावन नगरपालिका –३ का एकजना अभिभावक, ईन्दु यादब बताउनु हुन्छ । कोरोना महामारी अघि सम्म राम्रो पढिरहेका छोराछोरीले अचेल क, ख, ग र ए, बी, सी समेत बिर्सिदा अभिभावकहहरु चिन्तामा छन् । चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ बिग्रिएको छ ।साना बालबालिकालाई अध्ययन गराउने विकल्प नभएको र घरमै पनि पढाउन नसकेको अर्का अभिभावक बृन्दावन नगरपालिका–३ का रास नरायण पटेलको भनाइ छ । विद्यालय नचलेपछि बालबालिका दिनभरि खेलेर बस्ने गरेका छन् । नयाँ शैक्षिक शत्रको लागि पुस्तक किनेपनि शिक्षकले पढाउन नपाउँदा विद्यार्थी पढ्न मान्दैनन् । कोरोना महामारीका कारण विद्यालय खुल्ने टुङ्गो छैन । लामो समय विद्यालय जान नपाएपछि बालबालिकाको पढाइ बिग्रिएको भन्दै अभिभावकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । सरकारले स्थानिय तहलाई जिम्मेवारी दिदा पनि बिधालय तर्फ कुनै जनप्रतिनिधिको ध्यान पुग्न सकेको छैन । सरकारले बिधालय सन्चालनको लागी बजेट पठाउदा पनि स्थानिय जनप्रतिनिधि लगायत कार्यलय प्रमुख मिली करोडौँ बजेट झवाम पारिएको देखिएको छ । तर कोरोनाको नाममा बिधालय अनुगमन समितिले पनि बिधालयको अवस्था लगायत बिधार्थीको समस्या पनि नबुझेको स्थानिय अभिभावहरुले दुखेसो पोखेका छन । बिधालय बन्द हुँदा बिधालयमा जुवा खेल्ने जुवाडी कवाडी हुन थालेका साथै बिधालयको प्राङ्गणमा पनि गाई बस्तु चर्ने चौरको रुपमा परिणत हुन थालेको एक बिधालयका शिक्षक बिरेन्द्र प्रसाद यादब बताएका छन ।