रमेश कुमार यादब
भदौ १४,रौतहट
रौतहत जिल्लाको माधव नरायण नगरपालिकामा न्यायिक समिति गठन सम्पन भएको छ ।रौतहटको माधव नरायण नगरपालिका २ को श्री सरस्वति उच्च माध्यमिक बिधालयको प्राङ्गनमा धमेन्द्र साहको अध्यक्षतामा श्री राम पुजारी हत्या काण्डको बिषयमा न्यायिक समिति गठन गरेको साह बताएका छन । न्यायिक समितिमा पुजारी हत्या काण्डको बिषयमा बिभिन्न छलफल भएको थियो । उक्त छलफलमा बिभिन्न प्रस्तावहरुमाथि छलफल गर्दा त्यसको हत्यारालाई कटघेरा ल्याउनको लागी धमेन्द्र साहको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको छ ।उक्त न्यायिक समितिको अध्यक्षमा धमेन्द्र साह चयन भएको छ भने सचिवमा सुरेश कुमार साह ,सदस्यमा पपु कुमार साह ,बिनोद साह ,जादोलाल साह, किशोरी बैठा लगायत अन्य पाँच जना सदस्य चयन भएको छ । त्यसतै रौतहटको माधव नरायण नगरपालिका–२ खेसरहिया स्थित हनुमान मन्दिरको पुजारी हत्या गरेको सम्बन्धमा बिश्व हिन्दु परिषद नेपालले बिभिन्न निकायलाई ज्ञापन पत्र बुझाएको थियो ।गत २०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्वर २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साह मन्दीर परिसरमै बसेर खाना खादै गरेको अवस्थामा देव्रे कन्चटमा गोली हानी हत्या गरेका थिए ।घटनाको भोली पल्ट अर्थात भदौ ४ गते विहानै देखि तालिम प्राप्त ४ वटा कुकुरको मद्दत लिई अनुसन्धान गरियो थियो। अनुसन्धानकै क्रममा वारदात स्थल माधवनारायण भएपनि वारदातलाई अन्जाम दिने देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनियाका वडाध्यक्ष शेख नुरुल्लाह सहित सात जना व्यक्तिहरु मिलेर घटना घटाएको प्रहरीको अनुसन्धानमा खुलेपछि सोही अनुसार कत्र्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइयो । गोली हानी हत्या गरिएको र सो सँग सम्बन्धित संगदिध अपराधी प्रतिवादीहरुलाई अदालतमा मुद्दा चली रहेकों अवस्थामा संदिध मध्ये एक जना शेख नुरूलाह स्थानीय वडा अध्यक्षलाई अदालतमा हाजिर भएको एक घण्टामा मै साधारण तारेखमा रिहा भएको थियो ।