सागर संगम ठाकुर ।रौतहट भदौ १५ गते
रौतहटबाट फेरी काठको गोलिया बरामत भएको छ । जंगलसैया साझेदारी वन कार्यलयले कटहरिया नगरपालिका वडा नं। १ भषेढवा पानी टंयाकी टोलको पश्चिममा रहेको लालबकैया खोलाको छेउमा लुकाई राखेको अवस्थामा ५७ क्युफिट बराबरको ११ थान सालको गोलिया मंगलबार बरामद गरेका छ । तस्करका समुहहरुले जंगलसैया बन कार्यलयबाट तस्करी गरेर भषेढवा पानी टंयाकी टोलको पश्चिम बकैया खोल्लामा भएको खाल्टोमा लुकाएर भण्डारण गरि राखिएको अवस्थामा गोप्य सुचनाको अधारमा जिल्ला वन कार्यलय चन्द्रनिगाहपुरको निर्देशनमा जंगलसैयाबाट गएको वन टोलीले उक्त काठ बरामत गरेको डिविजन वन कार्यलय जंगलसंयाका अधिकृत राजेश साहले जानकारी दिनु भयो । लगातार भएको वर्षाले गर्दा खोलामा आएको बाढीले गर्दा खोलाका छेउमा पर्ने गुजरा नगरपालिका वडा नं। ५ सिम्री वन बाट तस्करका समुहहरुले काठ तस्करी गरि पानीको सहारामा ल्याई भण्डारण गरि बिभिन्न चिरान मिलमा पु¥्याउने गरेको स्थानियहरुले बताएका छन । पटक पटक बन सेक्टरबाट काठ तस्करी भईरहदा बनका कर्मचारीहरुले खासै कुनै वस्ता नगर्दा तस्करका समुहहरु सक्रिय भएको स्थानियहरुले आरोप लगाएका छन । बन क्षेत्रबाट काठ तस्करकी भईरहदा कही कतै वन कर्मचारीको संगलता हुन सकने स्थानियहरुले आशंका गर्न थालेका छन ।