सागर संगम ठाकुर धरहरी रौतहट । भदौ १४ गते
कृष्ण जन्माष्टमीको अवसरमा पारेर रौतहटमा शुभकामना हस्पिटल एण्ड आईकेयर सेन्टर प्रा. लि.उदघान पछि संचालनमा आएको छ । जिल्लाको मध्य भाग फतुआ बिजयपुर नगरपालिका वडा नं. ८ बिजयपुर बजारमा यो हस्पिटल संचालनमा आएको हो । जिल्लाको मुख्य मुख्य शहरहरुमा हस्पिटल खुली सकेकाले मध्य भागमा राम्रो र सुबिधा संम्पन होस्पिटल नहुदा नागरिकहरुले निकै समस्या झेलिदै खाएको थियो । फतुवा बिजयपुर नगरपालिकको वरिपरी राम्रो हस्पिटल नहुदा त्यस भेगका बिरामीहरु शहरका हस्पिटलहरुमा जान बाध्य भएका थिए । वर्षातको समयमा बिजयपुर एरियाका नागरिकहरु बिरामी हुदा, एमबुलेन्स जाने बाटोघाटो राम्रो त्यस भेगका नागरिकहरुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेको थियो ।तर सोमबार देखि सुबिधा संम्पन शुभकामना हस्पिटल एण्ड आईकेयर सेन्टर प्रा.लि.संचालनमा आए संगै त्यस भेगका स्थानियहरु निकै हर्षित भएका छन । अब आफनै गाउ ठाउको मुख्य शहरमा सुबिधा संम्पन हस्पिटलबाट इर्मजेन्सी सेवा,अल्ट्रा साउण्ड, भिडियो एक्स्रे, गर्नुको साथ आखां बिभिन्न प्रकारका रोगहरुको उपचार गरिने भएकाले अब बाहिर जाने बाध्यता अन्त्य भएका छन । ईलाका प्रहरी कार्यलयको ठिक पुर्वपटीमा रहेको नव निर्मीत तिन तल्ले भवनमा २४ घण्टा सुबिधा संम्पन सेवाहरु उपल्बध हुने शुभकामना हस्पिटल एण्ड आईकेयर सेन्टरका संचालक अनिल जयसवालले बताउनु भयो । हस्पिटलमा प्रत्यक दिन महिला डाक्टर सिर्जना खाट्टीले महिलाहरुको शरिरमा हुने बिभिन्न प्रकारका रोगहरुको उपचार गरिने संचालक जयसवालले बताएका छन । त्यस्तै डाक्टर संजिव जयसवालले आखां सम्बन्धी कुुनै प्रकारको रोग भए त्यस्को सफल उपचार गरिने हस्पिटलले जनाएको छ । यस भेगका नागरिकहरुको सेवा गर्ने मुख्य उदेशयका साथ शुभकामना हस्पिटल एण्ड आईकेयर सेन्टरका प्रा.लि. संचालनमा आएको संचालक जयसवालको भनाई रहेको छ ।