थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १५, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ ।  यस्तै कुल संक्रमित पीसीआर परीक्षणमा ७ लाख ६२ हजार ६४७ र एन्टिजेन परीक्षणमा ८३ हजार ५०५ जना पुगेका छन् । संक्रमितमध्ये ७ लाख १६ हजार ३०६ जना निको भएका छन् । हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १६४ जना भेन्टिलेटरमा रहेका छन्  भने ५३७ जना आईसीयूमा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस