रौतहटका एक जना ब्यति नोकरी लगादेने भनि पैसा ठगि गर्ने राउत पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १८, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
रौतहटका एक जना ब्यति नोकरी लगादेने भनि पैसा ठगि गर्ने राउत पक्राउ

रमेश कुमार यादब भदौँ १८,रौतहट
रौतहटको गौरबाट जगिर लगाइदिने भन्दै रकम ठगि गर्नेलाइ रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत बैशष २० गते यमुनामाई गाउपालिकाको वडा नम्बर १ बस्ने ४२ बर्षिय विनय राउतले गौर नगरपालिकाको वडा नम्बर ७ बस्ने २२ बर्षिय सुधिर कुमार झालाई भगौडा प्रहरीको खाली ठाउमा जागीर लगाई दिने भनी झा सहित अन्य ५ जनाबाट ७ लाख ५५ हजार ठगी गरेर फरार भएको प्रहरी जनाएको छ । पिडितहरुले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएपछि प्रहरीले खोजतलास गरिरहेको थियो । खोजी कार्यलाई तिब्र गरिरहेका बेला बिशेष सुचनाका आधारमा लुकिछिपी बसिरहेको अबस्थामा भदौ १६ गतेका दिन यमुनामाई गाउपालिकाको वडा नम्बर १ सुकदेव चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिनु भएको छ । गौर नगरपालिकाको वडा नं। ८ स्थित झोलुङगेपुल नजिक बाँसघारीमा प्रलोभन र गलतफेमिमा पारी सो रकम लिएको पिडित झाले बताउनु भएको छ । पक्राउ परेका राउतलाई ठगी सम्वन्धि कसुर मुद्दा चलाई जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस