रमेश कुमार यादब भदौँ १८,रौतहट
रौतहटको गौरबाट जगिर लगाइदिने भन्दै रकम ठगि गर्नेलाइ रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत बैशष २० गते यमुनामाई गाउपालिकाको वडा नम्बर १ बस्ने ४२ बर्षिय विनय राउतले गौर नगरपालिकाको वडा नम्बर ७ बस्ने २२ बर्षिय सुधिर कुमार झालाई भगौडा प्रहरीको खाली ठाउमा जागीर लगाई दिने भनी झा सहित अन्य ५ जनाबाट ७ लाख ५५ हजार ठगी गरेर फरार भएको प्रहरी जनाएको छ । पिडितहरुले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएपछि प्रहरीले खोजतलास गरिरहेको थियो । खोजी कार्यलाई तिब्र गरिरहेका बेला बिशेष सुचनाका आधारमा लुकिछिपी बसिरहेको अबस्थामा भदौ १६ गतेका दिन यमुनामाई गाउपालिकाको वडा नम्बर १ सुकदेव चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिनु भएको छ । गौर नगरपालिकाको वडा नं। ८ स्थित झोलुङगेपुल नजिक बाँसघारीमा प्रलोभन र गलतफेमिमा पारी सो रकम लिएको पिडित झाले बताउनु भएको छ । पक्राउ परेका राउतलाई ठगी सम्वन्धि कसुर मुद्दा चलाई जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।