रमेश कुमार यादब
हर्षाहामा शुक्रबार नव निर्मित चार कोठे स्वास्थ्य चौकी भवनको स–उद्धघाटन कार्यक्रम सम्पन भएको हो । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको वडा नम्बर (६ स्थित हर्षाहामा चार कोठे नव निर्मित स्वास्थ्य चौकी भवनको उद्धघाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । गत चैत ११ गतेका दिन शिलान्यास भएको सो नवनिर्मित स्वास्थ्य चौकी भवनको शुक्रबार एक समारोहका बिच नगर प्रमुख कुर्मीले भब्यताका साथ फिता काटेर उद्धघाटन गर्नु भएको थियो ।
नगर स्तरीय योजनाबाट बजरंगबली निर्माण सेवाले ४० लाख ५५ हजार ७ सय ९५ रुपैयाँमा काम सम्पन्न गरेको छ भने सो निमार्ण कम्पनीले काम सम्पन्न गर्ने क्रममा ३८ लाख ९८ हजार ४० रुपैयाँको अन्तिम भुक्तानी पाएको सो नगरपालिकाका ईन्जिनियर दिलिप यादवले जानकारी गराएका थिए । नव निर्मित चार कोठे स्वास्थ्य चौकी भवनको उद्घघाटन समारोहलाई सम्बोधन गर्दे नगर प्रमुख कुर्मीले मानव जिवनको लागि शिक्षा र स्वास्थ्य एकमदै जरुरी रहेको र शिक्षा र स्वास्थ्यको विकासले नगरमा समुन्नति आउने भएकोले आफुले शिक्षा र स्वास्थ्यलाई नै विशेष प्रार्थमिकतामा राखेर अगाडि बढिरहेका बताउनु भएको थियो ।
उहाँले भवन निर्माण कार्य सम्पन्न भई सो भवनबाट स्वास्थ्य सेवा पाउनु त्यहाँका नागरिकका लागि सुखद कुरा भएको उल्लेख गर्दै सो स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुलाई स्वास्थ्य चौकीमा समयमा उपस्थित भई दैनिक रुपले सहज र सुल्भ सेवा प्रवाह गर्न निर्देशन दिदै स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा सुविधा गुणस्तरीय हुने बताउनु भएको थियो ।नगर प्रमुख कुर्मीले विपक्षीहरुले आफुलाई असफल बनाउनका लागि विभिन्न जालझेल गरिररहे पनि ती सारा जालझेललाई चिरदैं नगरको विकासका निम्ति आफु अगाडि बढिरहेको र अबको केही दिनमै वृन्दावन विकासोन्मुख नगरपालिका बन्न कुरा समेत जाहेर गर्नु भएको थियो ।
आफुलाई जति पछाडी पार्न बिपक्षीहरुले खोजेपनि आफु अझैं अगाडी बढेर जनताको काम गर्ने बताउनु भएको थियो । बिगतका दिनमा निर्वाचित जनप्रतिनिधिहरुले भ्रष्टाचार बाहेक अरु केहि नगरेको आरोप समेत लगाउनु भएको थियो । सोहि कुरा फेरी पनि उनी अहिले पनि चाहीरहेको तर सो कुरा आफु गर्न नदिएको कारण उनीहरुलाई मलाई जनताको हकहितमा गर्नु पर्ने कार्यमा प्रपंच रचेत बाधा अवरोध पुरयाउनमा लागी परेको जानकारी दिनु भएको थियो ।
तर आफु निर्वाचित भएपछि पदभार ग्रहण कार्यक्रममा नै घोषणा गरेका थिए कि न म भ्रष्टाचार गर्छु न कसैलाई भ्रष्टाचार गर्न दिनौ बाचा गरेका थिए । सोहि अनुरुपमा आफु अहिले पनि कटि बध रहेका बताउनु भएको थियो । वहाँले सोहि मंचबाट बिपक्षीहरुलाई एउटा सुझाव समेत दिएका थिए कि यदि म भ्रष्टाचार गर्दै छु अथवा बिकास निर्माणको काम गर्न चाहिरहेका छैनौं भने बिरोध गर्नु त्यो ठिक कुरा हो ? तर म जनताको हकहितको लागी यदि काम गरिरहेका छौ भने हातोमालो गरेर कामलाई अगाडी बढाउन आग्रह समेत गर्नु भएका थिए ।
नगर प्रमुख कुर्मिले भने पहिलाको बिकास र अहिलेको बिकासलाई हेर्नु बिगतका जनप्रतिनिधिहरुले पाँच बर्षमा गर्नु पर्ने कार्य हामि करिब डेढ बर्षमा गरिसकेका छौ । प्रत्येक वार्डमा हामिले बिकास गर्न वडाअध्यक्षहरुलाई आग्रह समेत गरीरहेका छौ । तर केहि वडाअध्यक्षहरुले कामै नगरि आफुलाई खान दिउ भनेर भनिरहेका छ ।त्यस्ता वाडहरुमा बिकास हुन सकेको छैन तर काम गर्ने वडाअध्यक्षहरुले काम चाहिरहेका छन भने उक्त वार्डहरु बिकासको लहर नै बगेको त्यहाँका जनताहरुलाई अनुभव समेत भईरहेका बताउनु भएको थियो ।
अहिलेसम्म हामिले जनताको हकहितको लागी बिकासको लहर नै बगाएका छौ । सोहि उद्धघाटन कार्यक्रममा बोल्र्दै नि.प्रमुख प्रशासकिय अधिकृत रासनरायण पटेल भने कि यो स्वास्थ्य चौकी भवनको उद्धघाटन एक अति सराहनिय कार्य भएको बताउनु भएको थियो । यहाँ स्वास्थ्य चौकी नहुँदा वार्ड नं.६ का जनता वार्ड नं.७ का स्वास्थ्य चौकीमा उपचार गराउन जानु पर्ने बाध्यता रहेको थियो । सोहि कुराको मध्यनजर गर्दै नगर प्रमुखले स्वास्थ्य चौकीको भवन निर्माण गराएर सर्वसुल्भ सेवा दिने र यहाँका जनता अन्तकतै जान नपरोस भनि बिश्वास लिनु भएका बताउनु भयो ।
त्यति मात्र नभएर यस बृन्दावन नगरपालिकामा नगर प्रमुखले शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानी तिर लागी परेका बताउनु भएको जानकारी दिनु भएको थियो ।सो उद्धघाटन समारोहमा वडा नं.(१ का वडाअध्यक्ष रामनाथ सहनी,वडा नं.६ का वडा अध्यक्ष मजहर मन्सुर,वडानं.९ का वडा अध्यक्ष प्रवेज आलम,कार्यपालिका सदस्य राजेश पासवान, रामबाबु साह,नेकपा एस का विधायक प्रत्यासी शेख सतार अहमद र नेकपा एसका नगर कमिटी अध्यक्ष सुरेन्द्र पटेलको साथै सो नगर पालिकाका ईन्जिनियर दिलिप यादवले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमलाई पशु स्वास्थ्य शाखाका संयोजक ओमप्रकाश मुलले कार्यक्रमलाई संन्चालन गरेका थिए भने कार्यक्रममा योजना शाखा प्रमुख हरिप्रसाद दुलाल, स्वास्थ्य शाखा उपप्रमुख ईदमहम्मद मंसुर, रोजगार शाखा प्रमुख हरेराम पंडित, शिक्षा शाखा संयोजक उपेन्द्र महतो लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, कर्मचारी,स्थानीय भद्रभलादमी,स्वास्थ्यकर्मी र पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।