मन्त्री किरातीको अभिव्यक्तिको विरोधमा गरुडामा प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष १०, मंगलबार (२ साल अघि)
  • ४ पटक पढिएको
मन्त्री किरातीको अभिव्यक्तिको विरोधमा गरुडामा प्रदर्शन

रमेश कुमार यादब
रौतहटको गरुडामा सोमबार मन्त्री किराती बिरुद्ध बिरोध प्रदर्शन गरेका थिए । जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडामा सोमबार राष्टिूय शतिm नेपालको रौतहट जिल्ला कार्य समितिले पार्टीको नाम सहित ब्यानर र बिभिन्न प्रकारका पम्पलेट सहित संस्कृति, पर्यटन तथा नागरिक उययनमन्त्री सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै प्रदर्शन गरेका थिए ।।मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले गरुडाको चिनिमिल देखि लिएर ईलाका प्रहरी कार्यालय सम्म प्लेकार्ड सहित बिभिन्न प्रकारका नारा लगाएर प्रदर्शन गरेको थिए ।


प्रदर्शनकारीले मन्त्री किरातीको राजीनामा पनि माग गरेका थिए । विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, गणतन्त्र घोषणा गर, हाम्रो राजा हाम्रो देशप्राण भन्दा प्यारो, मन्त्री किराति मुर्दावाद लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई नमान्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर राष्टिूय शतिm नेपाल रौतहट जिल्ला समतिले बिरोध जनाएका थिए । आन्दोलनकारीहरुले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको बताएका थिए ।उनीहरुले भने, ‘उहाँ त्यो पदमा बस्न र रहिरहन उपयुक्त पात्र होइन भनेर विरोध गरेका हौँ ।

’ उनले मन्त्री किरातीले सामाजिक सद्भाव बिगार्ने काम गरेको र उनलाई बर्खास्त गर्नुपर्ने पनि बताएका थिए ।बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए ।जसको विरोध नेपालमा बिभिन्न संघसंस्थाहरुले बिरोध समेत गरिरहेको वर्तमानकाल दैनिक पत्रिकाका बिशेष समाचारदाता पवन कुमार उपाध्यायले जानकारी दिएका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस