विभिन्न मुद्दाका फरार १० प्रतिवादीलाई रौतहट प्रहरीद्धारा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष ११, बुधबार (२ साल अघि)
  • ५ पटक पढिएको
विभिन्न मुद्दाका फरार १० प्रतिवादीलाई रौतहट प्रहरीद्धारा पक्राउ

रमेश कुमार यादब
रौतहटमा विभिन्न मुद्दाका फरार १० जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेका छन । सम्मानित अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको झुनखुनवा–५ बस्ने रामप्रवेश चौधरी कलवार, झुनखुनवा–६ बस्ने लालो देवी, झुनखुनवा–७ बस्ने भगत चौधरी, झुनखुनवा–८ बस्ने शिव चौधरी, झुनखुनवा –९ बस्ने रामपती देवी, फतुवा बिजयपुर नपा–९ बस्ने रामविचारी चौधरी, सोही ठाउँ बस्ने कपिलदेव चौधरी, फतुवा विजयपुर–८ बस्ने भगवनीया देवी चौधरी र इनरवति देवी चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई आइतबार पक्राउ गरी आवश्यक कारवाहीको लागि रौतहट जिल्ला अदालत गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस