रौशन कुमार चौधरी
कटहरिया नगरपालिका स्थित रहेको बजारमा अन्डरग्राउन्ड बिधुतिय लाईन बिस्तार कामको हुने सहमति भएको छ । कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसावल र टाटा प्रोजेक्ट ईन्डिया कम्पनीसंग सम्झौता भई मंगलबार दुबै जना बिच सहमति भएको हो । सोहि सन्दर्भमा पत्रकारसंग कुराकानि गर्दै अव देखि कटहरिया नगरपालिकाको वार्ड नं.४ र ५ अन्तर्गत पर्ने कटहरिया बजारमा पोलबाट नभएर जमिन मुनिबाट बिधुतिय लाईन प्रशारण हुने नगर प्रमुख जैसवालले बताउनु भएको थियो ।
नगर प्रमुख जैसवालले भने बजार क्षेत्रमा पोलबाट प्रशारण हुने लाईनले धेरै जोखिम रहेको हुँदा यस्ता निर्णय लिएको बताउनु भयो । बजार क्षेत्रमा पोलबाट वरिपरि प्रशारण भएको तारले आगलगी हुने जस्ता घटनाहरु घटिरहेको हुँदा यसले नियन्त्रणमा लिने बिश्वास समेत लिनु भएको थियो । त्यति मात्र नभएर बजार क्षेत्रमा आवत जावत गर्ने अग्लाअग्ला सवारी साधनसंग छुदाँ तार चुडीने र मर्मत गर्न धेरै दिन लाग्ने हुँदा ब्यापारी ,लाईनबाट प्रसारण हुने मसिनहरु समेत कयौंदिन बन्द रहने जस्ता समस्याले ब्यापारी लगायत सेवाग्राहीहरु मारमा पर्ने भएको थियो ।
त्यसता अनेकौ समस्याहरुको गुणसो दिन्हु आउने गरेको कारण यस्ता समस्यालाई जडदेखि नै समाप्त पार्ने उदेश्यले जमिनमुनिबाट बिधुतिय लाईन नै बजार क्षेत्रभरि प्रशारण गर्ने बताउनु भयो । गत भदौ २५ गते एक कार्यक्रमबिच नगर प्रमुख जैसवालले यस कार्यको लागी टाटा कम्पनीसंग मौखिक रुपमा कुराकानी समेत गरेको थियो । सोहि अनुरुप नगर प्रमुख जैसवालले मंगलबार एक कार्यक्रमबिच लिखित रुपमा काम गर्ने भनि सहमति भएको बताउनु भयो ।
नगर प्रमुख जैसवालको अनुसार कटहरियाको अवधलाल साहको घर देखि मेनबाटो हुदैं रामजानकी नजदिक पोखरी सम्म र राजबिर साह बनियाको घर देखि पुर्व गाउँको सियाराम साहको घरसम्म अन्डरग्राउन्ड बिधुतिय लाईनको काम गर्न सहमति भएको बताउनु भयो । सोहि कार्य गर्न बिधिवत रुपमा मंगलबार एक कार्यक्रमबिच सह(ईन्जिनियर उमेश दासलाई नगर प्रमुख जैसवालले सहमति पत्र दिएका थिए ।