बिमलेश कुमार झा,
रौतहटको एक विद्यालयमा निर्धारित समयभन्दा कम समय मात्र पठनपाठन हुने गरेको पाइएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ७ स्थितरहेका जनता प्राथमिक विद्यालयमा संचारकर्मी पुग्दा दिउसो २ःबजे नै विद्यालयको पठनपाठन बन्द भइसकेको थियो । जब कि शुक्रबारबाहेक बिहान १० देखि ४ बजेसम्म पठनपाठन हुनुपर्ने हो । कक्षा १ देखि ५ सम्म सञ्चालन हुने उक्त विद्यालयमा अन्य दिन पनि कहिले २ः३० कहिले ३ बजे नै विद्यालय बन्द हुने गरेको स्थानीय अभिभावक बताउँछन् । एक अभिभावक अनुसार दैनिक रुपमा ७–८ जना विद्यार्थीहरु मात्रै उपस्थित हुदै आएको छ।
प्रधानाध्यापक यादव भन्छन्– सितलहरका कारण विद्यालय छुट्टी दिए प्रधानाध्यापक उमेश यादवले बढ्दो शीतलहरका कारण आफू दिउँसो २ बजे भन्दा पहिला नै विद्यालय छुटी गरेको बताएका छन् । उनले शिक्षा संयोजक तेजनरायण यादवसँग छलफल गरेर मात्रै विद्यालय बन्द गरेको बताए। ६५ जना विद्यार्थी रहेको सो विद्यालयमा १८ जना मात्रै उपस्थित हुदै आएको प्रअ यादवको भनाइ छ। २०६५ सालमा स्थापना भएको सो विद्यालयमा नल र शौचालयको समेत व्यवस्था छैन्। यो विद्यालय नेपाली काङ्ग्रेसको रौतहट जिल्ला सभापति एवम् क्षेत्र नम्बर ३ ख का प्रदेश सांसद जितेन्द्र यादवको गृह वडामा अवस्थित छ। एक पटक संघीय सांसद तथा वर्तमानमा प्रदेश सांसद समेत रहेका जितेन्द्र यादवको गृह वडाको विद्यालयको अवस्था हेर्दा अपत्यारिलो लाग्छ।
यस सम्बन्धमा शिक्षा संयोजक तेजनरायण यादवसँग बुझ्दा यस् सम्बन्धमा आफूलाई केही जानकारी नरहेको र प्रअसँग बुझ्ने बताएका हुन्।असार १० गते भित्र हुनुपर्ने नगर परिषद् जनप्रतिनिधि बिच आपसी तालमेल नमिलेको कारण हालसम्म पनि हुन नसक्दा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि शून्य भएको छ।नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन्। नेपाली काङ्ग्रेसबनट निर्वाचित मेयर गोपाल यादवले रकम हिनामिनाको आरोपमा निलम्बनमा पर्दा काङ्ग्रेसबाटै निर्वाचित उपप्रमुख अम्बया खातुनले कार्यवाहक मेयर सम्हालेकी छन्।
असार १० गते भित्र हुनुपर्ने नगर परिषद् जनप्रतिनिधि बिच आपसी तालमेल नमिलेको कारण हालसम्म पनि हुन नसक्दा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि शून्य भएको छ। नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन्।नेपाली काङ्ग्रेसबनट निर्वाचित मेयर गोपाल यादवले रकम हिनामिनाको आरोपमा निलम्बनमा पर्दा काङ्ग्रेसबाटै निर्वाचित उपप्रमुख अम्बया खातुनले कार्यवाहक मेयर सम्हालेकी छन्।