रमेश कुमार यादब
जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहटको दोस्रो जिल्ला सम्मेलन गरुडामा सम्पन्न भएको छ । “मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य,रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने मुल नाराका साथ सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला भुमि आयोग रौतहटको अध्यक्ष लक्ष्मण रेग्मीले राज्यको संरचनात्मक रुपान्तरण मार्फत कृषिमा आधारित बधुवा मजदुर हरवाचरवाको अवस्था सुधार हुनुपर्ने आवश्यक्ता औँल्याए ।
उनीहरुको राजनितीक, आर्थिक र सामाजिक अधिकार सुनिश्चीत गर्नका लागि निति निर्माता, सरकारी तथा सेवाप्रदायक निकायहरुको मानसिकता परिवर्तन हुनुपर्ने उनको धारणा रहेको थियो ।उनले समाजमा पछाडी पारिएका बर्ग र समुदायको हितका लागि राज्यले गरिव मैत्री निर्माण गरेर त्यसको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन संयन्त्रको बिकास गर्नुपर्ने बताएका थिए ।
अध्यक्ष रेग्मीले मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापनका लागि मधेश प्रदेश सरकारले एउटा रणनितिक कार्ययोजना निर्माण गर्न भनि कुरालाई आफुले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसतै कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा गणेश बिश्वकर्माले भने हरवाचरवाको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरण सम्बन्धी कार्यबिधी २०८० यथाशक्य चाँडो पारित गरि हरवाचरवाको पहिचान मार्फत पुर्नस्थापन कार्यक्रमलाई अगाडी बढाउन आफुले मधेश प्रदेश सरकारसंग जोडदार ढंगले माग राख्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
साथै उनले यसका लागि स्थानिय सरकार र संघीय सरकारसंग समन्वय कायम गरिनुपर्ने र यसमा बिकास साँझेदारको पनि सहयोग आवश्यक रहेको कुरामा जोड दिएका थिए । सम्मेलनको उदघाटन सत्रमा भुमि आयोग अधिकार मन्च मधेश प्रदेशको सचिव अनुप माझी ,भुमि आयोग कैलालीका सदस्य पार्वती आग्री, माधव नरायण नगरपालिकाको नगर प्रमुख बैजनाथ यादब, बलराम भट्टाराई, जनवकालत सल्लाहकार,द फ्रिडम फण्डका सदस्यय ब्रहमदेव राम, कार्यकारी निर्देशक आरडिएनका हुकुम सार्की, राष्टिूय हरवा चरवा अधिकार मन्चका रामदयाल माझी , माधव नरायण नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत देवनाथ यादब लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहटका अध्यक्ष बिगनेस पासवानको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो । सम्मेलनले दरसथ रामको अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहट गठन गरेको थियो । मञ्चको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः. किसमतिया देवी पासवान, सुनिल पासवान, रिका कुमारी र शान्ति राम, चयन भएका थिए ।साथै मञ्चको सदस्यहरुमा उपेन्द्र राम, खुश्बु पासवान, सचितानन्द राम, गोलिया देवी, माल्ती चौधरी, रामसुधार पासवान, करिना कुमारी पासवान,जयराम पटेल, रिता राम, र प्रदिप दास(समा्रट) चुनिएका थिए ।