रौतहटको चन्द्रनिगाहपुर गौर सडक खण्डमा स्थानीयले चक्काजाम गरेका छन्। हुलाकी राजमार्ग अन्तर्गतको बडहरवा पुल समयमा नबनेको भन्दै स्थानीय बासिन्दाले चक्काजामगरेका हुन्। हुलाकी राजमार्ग अन्तर्गत पर्ने बागमतीको बढहर्वा पुल तत्काल बन्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले चन्द्रनिगापुर गौर सडक खण्डको बम नहरमा सवारी साधन अवरुद्ध गरेर चक्काजाम गरेका हुन् ।
उनीहरूले दिउँसो डेढ बजेबाट सो स्थानमा चक्काजाम गरेका कारण चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने सवारी साधनहरू अवरुद्ध भएका हुन । पप्पु कन्ट्रकसनले पुल बनाउन ठेक्का सकार गरेको थियो । रौतहटको यमुनामाई गाउपालिका , दुर्गा भगवती गाउँपालिका र राजदेवी नगरपालिकाका स्थानीय बासिन्दाले बम नहरमा जम्मा भएर पुल समयमै बन्नुपर्ने माग राख्दै चक्काजाम गरेका हुन्। रौतहटको क्षेत्र नम्बर १ का प्रदेश सांसद नागेन्द्र शाह सहितका स्थानीय बासिन्दाले चक्काजाम गरेपछि चन्द्रनिगापुर गौर सडक खण्डमा सवारी आवागमन अवरुद्ध भएको हो।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा स्थित वागमती नदीमा २०६७ साल जेठ ३१ गते तात्कालिन प्रधानमन्त्रि माधवकुमार नेपालद्धारा पक्कि पुलको शिलान्यास गरिएका थिए । तिन बर्षमा पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भन्दै लुम्बनी विल्डर्सले ६३३ मिटर चौडाई भएको पुलको ठेक्का सकार गरी निर्माण कार्य प्रारम्भ गरेको थियो । तर पुलको डिजाइन फेलुअर भएपछि २०७० साल देखि निर्माण कार्य अवरुद्ध भई निर्माण कम्पनी फरार भएको थियो ।निर्माण सुरु भएको समय देखि झण्डै १३ बर्ष वितिसक्दा पनि हुलाकी सड्कको पुलको निर्माण कार्य पुरा हुन सकेनन् ।