बिमलेश कुमार झा
नेपालको संविधानमा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रुपमा उल्लेख गरिएको छ। जसमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ।यस्तै, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक, स्वास्थ्य सेवामा समान पहुँचको हक, स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक उल्लेख गरिएको छ।
राज्य पुनः संरचनासँगै कतिपय स्वास्थ्य सम्बन्धी अधिकार स्थानीय तहलाई प्रदान गरिएको छ। स्थानीय, प्रदेश र संघीय सरकारका स्वास्थ्यसम्बन्धी अधिकारहरु तोकिएका छन्।
रौतहटको उत्तरी भेगमा अवस्थित फतुवा विजयपुर नगरपालिका वडा नम्बर ७ स्थित रहेका आधारभुत स्वास्थ्य केन्द्र अहिले लथालिङ्ग बनेको छ।
सो आधारभुत स्वास्थ्य केन्द्र अहिले गौचरनमा परिणत भएको छ। आधारभुत स्वास्थ्य केन्द्रमा पर्याप्त रुपमा औसधि नहुदा स्थानीयहरु समेत मर्कामा गरेका छन्। चिसो बढेसँगै दम लगायत अन्य रोगका बिरामीहरुले प्रयाप्त सेवा सुविधा नपाउदा उनीहरू दुखेसो पोखेका छन्।
आधारभुत स्वास्थ्य केन्द्रमा १ जना अनमि,१ जना अहेब र १ जना कार्यालय सहयोगी रहेका छन्।आधारभूत स्वास्थ्य केन्द्रको इन्चार्ज संजय यादव बस्ने टेबलमाथि म्याद नाघेको औसधि समेत फेला परेको छ। आधारभूत स्वास्थ्य केन्द्रको अवस्था बुझ्न जादा उनको टेबल माथि म्याद नाघेको औसधि फेला परेको थियो। सो औसधि नष्ट गर्न टेबलको कुनामा राखेको स्वास्थ्यकर्मी यादवले बताए।३ जना कर्माचारी मध्ये सुत्केरी रहेकी अरुणा चौधरीले अनुपस्थित भएको दिन समेत हाजिरी गर्दै आएकी एक स्रोतले बताएका छन्।
चौधरीले बचा बिरामी हुदा हाजिरी गरेर घर आएकी बताएकी बताइन् जबकि यो झूटो रहेको स्रोतको दाबी छ।यस् विषयमा स्वास्थ्य संयोजक प्रमोद गुप्तासँग बुझ्दा बिगत ७ महिना भन्दा बढी समय देखि कर्मचारीहरुले तलब नपाएका यस्तो अवस्थाको सामना गर्नु पर्ने बाध्य भएको बताएका छन्। करारका कर्माचारीहरुको कम तलब रहन्छ त्यसैले अनुपस्थित रहेको दिनमा पनि हाजिरी गरेको गुप्ताको भनाइ छ। तलब नपाएर दैनिक रुपमा उपस्थित हुन हामीलाई समेत समस्या भइरहेको उनले बताए । म्याद नाघेको औसधिको सम्बन्धमा आफू अनभिज्ञ रहेको समेत गुप्ताले जानकारी गराए।
यो आधारभुत स्वास्थ्य केन्द्र नेपाली काङ्ग्रेसको रौतहट जिल्ला सभापति एवम् क्षेत्र नम्बर ३ ञखझ का प्रदेश सांसद जितेन्द्र यादवको गृह वडामा अवस्थित छ। एक पटक संघीय सांसद तथा वर्तमानमा प्रदेश सांसद समेत रहेका जितेन्द्र यादवको गृह वडाको स्वास्थ्य क्षेत्रमा समेत कुनै सुधार भएको देखिदैन। असार १० गते भित्र हुनुपर्ने नगर परिषद् जनप्रतिनिधि बिच आपसी तालमेल नमिलेको कारण हालसम्म पनि हुन नसक्दा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि शून्य भएको छ। नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन्।नेपाली काङ्ग्रेसबाट निर्वाचित मेयर गोपाल यादवले रकम हिनामिनाको आरोपमा निलम्बनमा पर्दा काङ्ग्रेसबाटै निर्वाचित भएकी उपप्रमुख अम्बया खातुनले कार्यवाहक मेयर सम्हालेकी छन्।