अभिनेता अमिताभ बच्चन होस्ट रहेको क्विज गेम शो ‘कौन बनेगा करोडपति’को १५औँ सिजन सकिएको छ । गत २९ डिसेम्बरमा यो सिजनको अन्तिम भाग प्रसारण भयो । जसमा बच्चन निकै इमोशनल रुपमा प्रस्तुत भएका थिए ।
‘अब म जाँदैछु, र भोलिदेखि यो मञ्च अब सजिँदैन ।
भोलिदेखि म यहाँ आउन सक्दिनँ भनेर आफ्नालाई भन्न न मनले मान्दो रहेछ न हिम्मत नै आउँदो रहेछ । अहिलेको लागि म अमिताभ बच्चन यो मञ्चबाट अन्तिम चोटी भन्न चाहन्छु, शुभरात्री, शुभरात्री ।’ आँखा भरि आँसुसहित बच्चनले यो भन्दै गर्दा उनका फ्यान कन्फ्युजमा थिए ।
के बच्चन अब यो मञ्चमा देखिने छैनन् ? के अबको सिजन उनले होस्ट गर्दैनन् ? शो पनि बन्द हुनेछ ?। शोसँग नजिक रहेका व्यक्तिका अनुसार बच्चन बिदाइ मन्तव्यमा निकै भावुक भएका थिए । त्यो समय उनी आफ्नो स्वास्थ्यलाई लिएर सोचविचार गरिरहेका थिए । उनलाई २०२४ मा यो शो आफू नै होस्ट गर्न सक्छु भन्ने आट आइरहेको थिएन । मेकर र च्यानल नयाँ शोमा पनि बच्चनलाई होष्ट ल्याउने तयारी गरिरहेका छन् । बच्चन बिना यो शो अधुरो रहेको छ । हरेक वर्षको जस्तै यो वर्षपछि शो अगष्ट सेप्टेम्बरमै सुरु हुनेछ ।
बच्चनले सन् २००० देखि यो गेम शो मार्फत टेलिभिजन यात्रा सुरु गरेका थिए । फिल्मको अलावा उनलाई फ्यानले यो शोमा पनि रुचाएका छन् । बच्चन छिट्टै केही फिल्ममा पनि देखिनेछन् ।बलिउड अभिनेता अमिताभ बच्चन ७८ वर्षको उमेरमा पनि भारतको सबैभन्दा विश्वसनीय, सम्मानित र प्रतिष्ठित सद्भावना दूत बनेका छन् । भारतीय मानव ब्रान्डको संस्थानले गरेको अध्ययनमा अमितावलाई सबै व्यवसायिक घरानाले विश्वास गर्ने पहिलो ब्यक्तिका रूपमा देखाएको छ । यस अध्ययनलाई टियारा (ट्रस्ट, पहिचान, आकर्षण, सम्मान र अपील) नाम दिइएको थियो।
यसमा देशका २३ शहरहरूमा ६० हजारभन्दा बढी व्यक्तिले उल्लेखित मापदण्डहरूका आधारमा यी सेलिब्रेटीलाई छानेका थिए । प्रश्न उठ्छ कि यो के कुरा हो जसले ७८ बर्षे अमिताभलाई अरूबाट फरक बनाउँछ। आईआईएचबीका प्रमुख संरक्षक संदीप गोयलले भने, ’बच्चन सदाबहार छन्। कौन बनेगा करोडपतिको सफलतापछि अमिताभले विज्ञापनमा सेलिब्रेटीहरूको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेले।