रौतहट,२० पुस। रौतहट जिल्लाको मध्यभागमा पर्ने गरुडा नगरपालिकामा तालाबन्दी सहित धर्ना दिएका छन । जिल्लाको मध्यभागमा पर्ने तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा नगरपालिकामा सोहि नगरपालिकाको नगर उप(प्रमुख पुनम चौधरी सहित वडाअध्यक्षहरु नगरपालिकामा धर्ना दिएका छन । नेपाली काग्रेसबाट निर्वाचित नगर उप(प्रमुख चौधरी सहित बिभिन्न वार्डका ६ वटा निर्वाचित वडाअध्यक्षहरुको मागलाई बेवास्ता गरेको भन्दै सोको विरोधमा शुक्रबार बिहान देखि कार्यालय अगाडि धर्ना दिएको जनाएको छ ।
नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले आफ्नो मनोमानी गरिरहेको र आफ्नो ईच्छा अनुसार कर्मचारी भर्ना गर्ने, आफ्नो ईच्छा अनुसार काम नगर्नेलाई जहिले पायो भने त्यहि बेला हटाउने प्रबृति र निर्वाचित वडाअध्यक्षहरुलाई वडाअध्यक्ष नै नबुझने जस्ता र भ्रष्टाचारमा लिन रहेको भन्दै गरुडा नगरपालिकाको वार्ड नं.२ का वडाअध्यक्ष कृष्णनन्दन सहनि, वार्ड नं.३ का वडाअध्यक्ष अम्बिका सहनी, वार्ड नं.६ का वडाअध्यक्ष रामबाबु चौधरी , त्यसतै वार्ड नं.७ का वडाअध्यक्ष प्रबिन सिंह यादब, वार्ड नं.८ का वडाअध्यक्ष बशिष्ठ राय यादब, र वार्ड नं.९ का वडाअध्यक्ष राजेश सहनीले तालाबन्दी गरेर धर्ना दिएको हो ।
धर्ना कार्यक्रममा पत्रकारसंग कुराकानी गर्दै नगरपालिकाको नगर उप(प्रमुख पुनम चौधरीले नगरपालिकाको अवस्था अस्तब्यस्त बनाईदिएको आरोप लगाएका थिए । नगर उपप्रमुख चौधरीले भने नगरपालिकामा नगर प्रमुख कन्थमनि प्रसाद जैसावल निर्वाचित भएदेखि नै भ्रष्टाचारमा लिन रहेको आरोप समेत लगाएकी थिईन् । आफ्नो मनोपली कुनै पनि काम गर्ने र चाहिने आवश्यक सेवा सुबिधा कटौती गरेर अन्यायको सिमा पार गरेको दावी गरेका थियो ।
सोहि धर्ना कार्यक्रममा बोल्दै वडाअध्यक्ष अम्बिका सहनीले भने नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले हामि प्रति भेदभाव गरेको भन्दै आपति जनाउनु भएको थियो । नगर प्रमुख जैसवालले वार्डका कर्मचारीहरुलाई आफ्नो मनोपली हटाएर वार्डका जनतालाई थप दुःख दिएको आरोप लगाएका थिए । वार्डमा चाहिने सेवासुबिधा कटौती गरेर जनतालाई दुख दिने बाहेक अरु केहि नगरेको बताए । त्यसतै ७ नं.वार्डका वडाअध्यक्ष प्रबिन सिंह यादबले भने नगर प्रमुखले एकलौटी सासन गरेर कुनै पनि काम गरिरहेको बताएका थिए ।
त्यति मात्र नभएर वार्डमा पहिलादेखि नै काम गरिरहेको कर्मचारीलाई बिना सुचनाको निकालिको प्रति हाम्रो आपति जनाउनु भएको थियो । त्यति मात्र नभएर हटाउदा सम्म ठिक हो तर हटाई दिएपछि उनीहरुले काम गरेको तलव समेत उपल्बध गराउन आलटाल गरिरहेको जानकारी दिएका थिए ।
नगरपालिकाको नगर प्रमुखले ऐन कानुन बिपरित कुनै पनि कार्यपालिकाको बैठक समेत नराखेर एकलौटी रुपमा निर्णय गरेर बिभिन्न शिर्षकमा रकम निकाशा गरेर हिनामिना गरेको आरोप समेत लगाएका थिए । सम्वन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिइ कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजस्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको उनले दाबी गरेका थिए ।
त्यसतै सोहि पालिकाको वार्ड नं.६ को वडाअध्यक्ष रामबाबु चौधरीले नगरपालिकाको नगर प्रमुख भ्रष्टाचारमा लिप्त रहेको संज्ञा दिएका थिए । हामिहरुको माग सम्बोधन भएसम्म हामिले आन्दोलनलाई जारी राख्ने धर्नामा बसेकाहरुले बताएका थिए ।