रौतहटमा जंगली हात्तीको आतंकबाट मानव बस्ती त्रसित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष २७, शुक्रबार (२ साल अघि)
  • ५ पटक पढिएको
रौतहटमा जंगली हात्तीको आतंकबाट मानव बस्ती त्रसित

वर्तमानकाल सम्वाददाता
पुस २७,रौतहट

रौतहटमा जंगली हात्तीले आतंक मच्चाउन लागेपछि स्थानीय चिन्तित बनेका छन् । बुधबार जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ स्थित गैडाटारमारहेको बस्तीमा जंगली हात्ती प्रवेश गरी क्षती पुर्याएको छ । गैडाटार निवासी चित्रबहादुर भोलन र जगत बहादुर राईको घरमा राती जंगली हात्ती प्रवेश गरी घर भत्काउनुको साथै धानको भकारी समेत भत्काइदिएको छ । भोलनको घरको टाटी र राईको घरको धानको भकारी भत्काईदिएपछी उनीहरुको ठूलो नोक्सानी भएको हो ।
बर्षभरी खानका लागि भण्डार गरेर राखेको धान हात्तीले नोक्सान गरिदिदा राई परिवार पिडामा
रहेका छ्न ।
उता चन्द्रपुर नगरपालिकका मेयर सञ्जय कुमार काफ्लेले उक्त घटनाको जानकारी पाएं लगत्तै पीडितलाई भेट्न एबम् हात्तीले पुर्याएको क्षतिको स्थलगतनिरीक्षण गर्न पुगेका छन्। पीडित परिवार लाई बिहीबार बिहान भेट गर्दै स्थानीय सरकारले जंगली हात्ती नियन्त्रण गर्न र पीडितलाई सहयोग गर्न चन्द्रपुर नगरपालिका तयाररहेको नगर प्रमुख काफ्लेले बताए । जंगली हात्तीले स्थानीयले लगाएको केरा बारीमा समेत क्षती पुर्याएको वडा अध्यक्ष बोध नाथ देवकोटाले बताएका छन्।

जंगली हात्तीको आक्रमणमा परी दुई महिना अघि चन्द्रपुर ५ की एक महिलाको मृत्यु समेत भएको थियो । सो कुरा बारम्बार हुँदा समेत डिभिजिन बन कार्यालयले कुनै चासो नलिदा स्थानियहरु आक्रोशित भएका छन । जङ्गली हाथिले कुनै बेला आएर घरमा पसेर घर भित्र रहेका भकारी लगायत घरलाई समेत तोडफोड गर्ने गरेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस