रमेश कुमार यादव
रौतहट,२८ पुस। रौतहटको होटल तथा गेष्ट हाउसको आडमा यौन विकृति बढदै गईरहेको छ । रौतहटको होटलहरुमा महिला कामदार राख्ने तथा गेष्ट हाउसमा कोठा उपलब्ध गराएर यौन व्यवसाय सञ्चालन हुने गरेको जनगुनासो बढदै गईरहेको छ । प्रहरी प्रशासनसंग अबैध मिलोमतो यस्ता यौन जन्य कृयाकलाप हुदैं गईरहेको जानकारहरुको भनाई रहेको छ । होटल, गेष्टहाउस र डान्सबारको आडमा अवैध यौनजन्य गतिविधिलाई फस्टयाएको देखिन्छ ।
यहाँ अनुगमनकार्ता तथा प्रहरी प्रशासनहरुले दिनहु अनुगमन नगर्दा विकृतिजन्य क्रियाकलाप सञ्चालनमा सक्रिय रहेको पाइएको छ । त्यस्ता होटल तथा गेष्ट हाउसलाई कानुनअनुसारको कारबाहीका लागि सम्बन्धित निकायहरुले कुनै ठोस कार्य नगरेको भन्दै चन्द्रपुरका स्थानिय रामनरायण पोखरेलले जानकारी दिनु भयो । उहाँले होटल खोलेर यौन विकृति फैलाउन व्यवसायीसँगै विकृती फैलाउने गरी होटललाई भाडा दिने घरधनीलाई समेत कार्यावाहि गर्न बताउनु भयो । अहिले गरुडा, गौर चन्द्रपुर स्थितका होटेलहरुमा निर्वाध रुपमा अबैध यौन जन्य कृयाक्लाप भईरहेको हुँदा पनि कार्यावाहि प्रहरी प्रशासन अनबिज्ञय रहेको देखिन्छ ।
त्यति मात्र नभएर चन्द्रनिगाहपुरस्थित केही नाम चलेका होटलका अलावा अधिकांश रेस्टुरेन्ट तथा होटलमा यौन व्यवसाय निर्वाधरुपमा चलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले ध्यान दिन सकेको छैन । ईलाका प्रहरी कार्यालयकै छेउछाउमा रहेका होटलमा समेत यौन व्यवसाय निर्वाध चलेको र स्थानीय व्यापारी, नेताहरु लगायत आसपासका जिल्लाबाट समेत पुरुषहरु चन्द्रनिगाहपुरका होटलमा यौनकर्मी महिलाको ग्राहक बन्ने गरेको स्थानीयहरु बताईरहेको छन ।
महिला सुरक्षा दबाब समूहकी अध्यक्ष तथा महिला नेतृ देवकी नेपालले चन्द्रनिगाहपुरका केही रेस्टुरेन्ट तथा होटेलमा यौन व्यवसाय चरम सीमामा पुगिसकेको बताइन् । ती होटलमा हुँदै आएको देह व्यापार रोक्न प्रहरीलाई पटकपटक खबर गर्दासमेत प्रहरीले बेवास्ता गरेको उनको भनाइ छ