वर्तमानकाल सम्वाददाता
रौतहट,२८ पुस। दक्षिण भारतीय फिल्म उद्योगकी सुपरस्टार अभिनेत्री नयनताराविरुद्ध एफआईआर दर्ता भएको छ । फिल्म अन्नपूर्णीले धार्मिक भावनालाई ठेस पुर्याएको अनि लभ जिहादलाई बढावा दिएको आरोपमा जबलपूरमा अभिनेत्री विरुद्ध एफआईआर दर्ता भएको छ । हिन्दु सेवा परिषद्ले फिल्मका कयौं दृश्यहरू आपत्तिजनक रहेको भन्दै ओमती प्रहरी थानामा ऊजुरी दर्ता
गरिएको हो ।
फिल्मको संवादमा भगवान श्रीरामबारे अभद्र टिप्पणी गरिएको छ । अन्नपूर्णीले लभ जिहादलाई बढावा दिइरहेको दाबी ऊजुरीमा गरिएको छ । फिल्ममा बिरयानी बनाउनुअघि मन्दिरको पुजारीकी छोरीले हिजाब लगाएर नमाज पढिरहेको देखाइएको, ब्राम्हण हिन्दु केटीले मुस्लिम धर्मलाई प्रेरित गरेको, साँझको समयमा पुजारीको घरमा सन्ध्या आरती
भइरहेको बेलामा अभिनेत्रीले मासु पकाइरहेको आदि दृश्यका कारण विवादमा तानिएपछि नेटफ्लिक्सले फिल्मलाई हटाएको छ । शिवसेनाका पूर्व नेता रमेश सोलंकीले पनि जनवरी ६ मा अन्नपूर्णीका मेकरहरुविरुद्ध मुम्बईमा ऊजुरी दर्ता गराएका थिए ।
मेकरहरुले भगवान श्रीरामको अपमान गरेर हिन्दु समुदायको भावनामा ठेस पुर्याएको उनको भनाइ थियो ।
सोलंकीले एक्समा एउटा पोष्ट गर्दै फिल्मको कडा आलोचना गरेका थिए । अन्नपूर्णी डिसेम्बर १ मा रिलिज भएको थियो । फिल्ममा नयनतारा शीर्ष भूमिकामा थिइन् । फिल्ममा नयनतारा मन्दिरको पुजारीको छोरी अन्नपूर्णीको भूमिका निर्वाह गरेकी थिइन् ।बलिउडकी आइटम गर्ल राखी सावन्त विवादास्पद कलाकारका रुपमा परिचित छिन् । अहिले उनी पूर्वपति आदिल खान दुर्रानीका कारण चर्चामा छिन् । आदिलले केही समयअघि सेशन कोर्ट मुम्बईमा राखीविरुद्ध उजुरी दिएका थिए ।
उनले आफ्नो केही निजी कुरालाई प्रचार गरेको आरोप लगाएका थिए ।
राखीले आफ्नो ‘सेक्सुअल भिडियो’ लिक गरेको आरोपसमेत लगाएका थिए । आफूमाथि उजुरी परेपछि राखीले कोर्टमा आफूलाई गिरफ्तारी नगर्न माग गर्दै निवेदन दिएकी थिइन् । अदालतले केही समयको बहसपछि उनको निवेदनलाई खारेज गरिदिएको छ । उनको निवेदन खारेजीसँगै राखी पक्राउ पर्ने सम्भावना उच्च रहेको छ । अदालतले केही समयको बहसपछि उनको निवेदनलाई खारेज गरिदिएको छ । उनको निवेदन खारेजीसँगै राखी पक्राउ पर्ने सम्भावना उच्च रहेको छ ।
‘जुन काम राखीले गरेकी थिइन्, त्यो गलत थियो ।
जसरी उनले आफ्ना पूर्व पतिको भिडियो सर्कुलेट गरिन, त्यो गलत भएको अदालतको ठहर छ । राखीमाथि यस किसिमको मुद्धा पहिलेदेखि नै पेन्डिङ छ । यस कारण उनको जमानत याचिका खारेज गरिएको छ ।
यो मुद्दामा कसैलाई पनि छुट दिनु सही होइन’, सेशन कोर्टका न्यायाधि श्रीकान्त भोसलेले भनेका छन् ।आदिलले पनि राखीले आफ्नो सेक्सुअल भिडियो सर्कुलेट गर्नुखराब काम भएको बताए ।