रौतहट,२८ पुस। चुरोट पिउनेहरु धुम्रपान नगर्नेको तुलनामा फोक्सो क्यान्सर हुने र यसबाट मृत्यु हुने सम्भावना १५ देखि ३० गुणा बढी हुन्छ । अमेरिकाको सेन्टर फर डिजिजको अध्ययनले यसै भन्छ । संसारभर हेर्ने हो भने चुरोटकै कारण ४० प्रतिशतमा फोक्सोका साथै अन्य क्यान्सर गराएको पाइन्छ । क्यान्सर भएकामध्ये धेरैजसोमा चुरोटको सेवन प्रमुख जड रहेको देखिन्छ ।आखिर चुरोटमा के त्यस्तो तत्व हुन्छ त जसले क्यान्सर गराइरहेको छ ?
चुरोटमा पाँच हजारदेखि सात हजारसम्म रसायन मिसिएको हुन्छ । जसमा ७० वटा रसायन क्यान्सर गराउने खालका हुन्छ । तीमध्ये तार, कार्बनमोनोअक्साइड, बेन्जिन, आर्सेनिक, फरमर्ल्डिडहाइड र निकोटिन मुख्य हानिकारक रसायन हुन् ।
तार ः चुरोटमा पाइने तार फोक्सो र दाँतमा गएर बस्छ । यो फोक्सोमा क्यान्सर गराउने मुख्य रसायनमध्ये एक हो ।
कार्बनमोनोअक्साइड ः यो विषालु ग्यास हो । जसको न कुनै गन्ध हुन्छ न कुनै स्वाद । यसले अक्सिजनको ठाउँ प्रतिस्थापन गरी रगतबाट अक्सिजन पु¥याउन अवरोध खडा गर्छ । जसकारण मुटुले अक्सिजनयुक्त रगत अन्य अंगमा पठाउन कठिन
गराउँछ ।
बेन्जिन ः यस रसायनबाट रक्तक्यान्सरको जोखिम उच्च हुन्छ । साथै, शरीरको प्रतिरोधात्मक क्षमतामा पनि ह्रास ल्याउँछ । आर्सेनिक ः चुरोटजन्य पदार्थमा हुने आर्सेनिक धातुले रगतलाई विषाक्त पार्छ । र, शरीरका कोषिकाहरुलाई नष्ट गर्छ । फरमर्ल्डिडहाइड ः यो निकै हानिकारक रसायन हो । यसले रक्तकोषिकाहरुमा क्षति पु¥याउँछ ।
निकोटिन ः त्यस्तै चुरोटमा पाइने निकोटिनले धुम्रपानको लत बढाउने काम गर्छ । यो हानिकारक रसायनले क्यान्सर मात्र नगराएर मिर्गौला, मस्तिष्क, रक्तसञ्चारमा बाधा गर्नेदेखि मुटुको रोग जस्ता भयानक रोग समेत गराउँछ ।
कसरी क्यान्सर गराउँछ ?
शरीरको कोषमा हुने डीएनएमा एउटा अंग बन्न आवश्यक सबै संरचना हुन्छन् । चुरोटमा पाइने माथि उल्लेखित रसायनले हाम्रो डीएनए (डीअक्सिराइबोन्युक्लिइक एसिड)मा म्युटेट गराउन थाल्छ अर्थात् क्रमभंगता ल्याउन सक्छ । जसले गर्दा डीएनएको नियमित काममा दखलअन्दाजी हुन जान्छ । डीएनएमा भएको जीनलाई बिगारेर आफ्नै हिसाबले अन्य किसिमको कोषहरु बनाउन थाल्छ । त्यो कोषहरुको नियन्त्रण गर्न सकिने खालको हुँदैन । जसकारण कोषको संख्या अत्यधिक बढ्न गई अन्यत्र फैलिन थाल्छ ।
यस्तोमा प्रभावित अंगमा क्यान्सर विकसित हुने र त्यसको कार्य बिगार्ने गर्छ । र, रगतको माध्यमबाट अन्य अंगमा पनि क्यान्सरका कोष गएर बस्न सक्छ ।उदारहणका लागि फोक्सोमा क्यान्सर भएमा त्यस अंगको कार्यमा प्रभावित गर्नुका साथै त्यहाँका क्यान्सर कोष मस्तिष्क र कलेजोमा सर्न सक्छ । त्यसपछि त्यहाँको नियमित कार्य पनि बिगार्न थाल्छ । बिस्तारै समय बित्दै जाँदा शरीरका विभिन्न अंग एवं कार्य प्रणालीमा असर पु¥याएर बिरामीको मृत्यु गराउन सक्छ । यी समूह क्यान्सरको उच्च जोखिम उमेर क्यान्सर गराउने जोखिममध्ये उमेर पनि एक हो ।
जति उमेर बढ्दै गयो, त्यति क्यान्सरविरुद्ध शरीरमा भएको लड्ने क्षमता खस्किंदै जान्छ । बिस्तारै कार्य क्षमतामा ह्रास आउँदै जान्छ । यस्तोमा शरीर पनि कमजोर हुँदै जान्छ । त्यसो त शरीरमा हरेक दिन हजारौं म्युटेसन (उत्परिवर्तन) भइरहेको हुन्छ । तर पनि स्वस्थ शरीरले ती म्युटेसनलाई सन्तुलनमा राख्छ । र, क्यान्सर हुने सम्भावना भइहाल्दैन । तर चुरोटको अत्यधिक सेवनले गर्दा क्यान्सर गराउन सक्ने रसायनले शरीरले सन्तुलनमा राख्न सक्ने भन्दा बढी म्युटेसन गराइरहेको हुन्छ । उमेर बढ्दै गएपछि लड्न सक्ने क्षमता कम हुँदा यस्तो अधिक म्युटेसनलाई नियन्त्रणमा राख्न पनि कठिन हुन्छ । जसका कारण क्यान्सरको सम्भावना बढेर जान्छ । वंशाणुगत क्यान्सर वंशाणुगत पनि हुन्छ । यस्तोमा शरीरले क्यान्सरविरुद्ध देखाउनुपर्ने क्षमतामा पहिला नै अवरोध आएको हुनसक्छ ।
त्यस्ता व्यक्तिले अत्यधिक मात्राका चुरोट पिएमा क्यान्सरको जोखिम चाँडो र बढी हुन जान्छ ।
सबैभन्दा बढी फोक्सो र मुखको क्यान्सर चुरोट खानेमा सबैभन्दा बढी फोक्सो र मुखको क्यान्सर बढी देखिन्छ । किनकि चुरोट सिधै मुखले तानेर यसको धुवाँ श्वासनली हुँदै फोक्सोमा जान्छ । चुरोटमा पाइने तार रसायन मुख एवं दाँत र फोक्सोमा गएर टाँसिएर बस्ने गर्छ । बिस्तारै ती क्यान्सरजन्य रसायन निस्किन थाल्छन् । जसको सोझो प्रभाव फोक्सो र मुखमा पर्न जान्छ ।अन्य अंगमा भने रगतको माध्यमबाट बिस्तारै फैलिन थाल्छ ।
फलस्वरुप कलेजोको क्यान्सर, खाद्यनलीको क्यान्सर, प्यान्क्रियाज क्यान्सर, नाक कान घाँटीको क्यान्सर गराउनमा पनि
चुरोट जिम्मेवार मानिन्छ । पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरमा पनि चुरोट सेवन कारण हुनसक्ने केही अध्ययनले देखाएका छन् । लगातार चुरोट खाइरहने व्यक्तिले छोडेमा क्यान्सरको जोखिम कम हुन्छ ? भनिन्छ, चुरोटको एक सर्कोले पनि क्यान्सर गराउन सक्छ । जसकारण धेरै वर्षदेखि चुरोट खाइरहेको व्यक्तिमा क्यान्सरको जोखिम नखानेको दाँजोमा भइरहन्छ । तर १० वर्षसम्म चुरोट खाएर छोडेको छ भने उनीहरुको फोक्सो पुनः पहिलेको अवस्थामा आउन १० देखि १५ वर्ष लाग्छ । यद्यपि, यसले फोक्सोमा हुन सक्ने क्षति कम भने गर्दै लैजान्छ ।
सेकेन्ड ह्यान्ड स्मोकिङ धुम्रपान गर्नेलाई प्रत्यक्ष असर पु¥याउने कुरा हामीले थाहा पाइहाल्यौं । र, धुम्रपानको क्रममा बाहिर निस्किएको धुँवाले सँगै बस्ने व्यक्ति वा घरका अन्य सदस्यलाई पनि अप्रत्यक्ष तवरमा असर पु¥याइरहेको हुन्छ, जसलाई ‘सेकेन्ड ह्यान्ड स्मोकिङ’ वा ‘प्यासिब स्मोकर्स’ भनिन्छ । यसको मतलब हो धुम्रपान गर्ने व्यक्तिको वरिपरि बसेको अन्य व्यक्ति पनि उक्त धुवाँको सम्पर्कमा आएका कारण धुम्रपानको सिकार भइरहेका हुन्छन् ।