पाकिस्तानसँगको ५ खेलको टी–२० शृङ्खलामा न्युजिल्यान्डले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हरायो ।न्युजिल्यान्डले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा १ सय ८० रन बनाउँदा अल आउट भयो ।
पाकिस्तानका बाबर आजमले सर्वाधिक ५७ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए ।यसअघि अकल्यान्डमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर २ सय २६ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६१ र कप्तान केन विलियमसनले ५७ रन बनाए ।बलिङतर्फ पाकिस्तानका कप्तान शाहीन अफरिदी र अब्बास अफरिदीले ३ विकेट लिए ।
यो जितसँगै न्युजिल्यान्डले शृङ्खलामा १–० को अग्रता बनाएको छ । दोस्रो टी–२० आउँदो आइतवार हुनेछ ।