माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष २८, शनिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

वर्तमानकाल सम्वाददाता

रौतहट,२८ पुस। मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो । २०७८ माघ ३ गतेकै दिन तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो ।

त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय भएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको मन्त्री समिमले बताए । उनका अनुसार बलिदानी दवसमा मधेश सरकारले वीरगञ्जमा कार्यक्रम आयोजन गर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस