वर्तमानकाल सम्वाददाता
माघ ०२ ,रौतहट
भारतको अयोध्यामा हुने प्राण प्रतिष्ठाको दिन माता सीताको जन्मभूमि नेपालको तराई मधेसका जिल्लाहरुमा पनि धार्मिक कार्यक्रमहरु हुने भएको छ ।यही २२ जनवरीका दिन अयोध्यामा हुने प्राण प्रतिष्ठाको दिन रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीस्थित राम जानकी मन्दिरको प्रांगणमा राम नाम जप अष्ठयाम र ब्रहमबाबा मन्दिरको प्रांगणमा नव निर्मित भवनमा भगवान राम, माता सीता र लक्ष्मणको मुर्ति स्थापन गरी प्राणःप्रतिष्ठा गरिने भएको हो ।
गत शुक्रबार स्थानीय रामरुप पण्डितको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथिको रुपमा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, विशिष्ट अतिथि वडाध्यक्ष वीरबहादुर साह अतिथिहरुमा वडा सदस्य खुबलाल दास, गौरी शंकर पण्डित, संजोगिया देवी, प्रमिला देवी पत्रकार सागर संगम ठाकुरलगायत विभिन्न पार्टीका प्रतिनिधि, स्थानिी भद्रभलादमी बुद्धजीवी र गाउँलेहरुको विशेष सहभागिता रहेको थियो ।सार्वजनिक बैठकबाट २२ जनवरीमा हुने राम मन्दिर उद्घाटनकै दिन धरहरीमा हुने प्राणःप्रतिष्ठा, अष्ठयाम र भाण्डाराको लागि पूजा समिति चयन गरिएको छ ।
पूजा समितिको अध्यक्षमा उपेन्द्र साह, ब्यास उपाध्यक्षमा मोहन मिश्र, कोषाध्यक्षमा रामनरेश गोसाई, सचिवमा रञ्जन साह, सहसचिवमा सुमित गुप्ता र सदस्यहरुमा किशोरी दास, अर्जुन साह, राजदेव गोसाई, उपेन्द्र साह, रामरुप पण्डितलगायतका समिति रहेका छन् ।त्यस्तै प्राणःप्रतिष्ठाको लागि रेखदेख समिति पनि गठन गरिएको छ । जसमा नगरप्रमुख प्रेमलाल साह, वडाध्यक्ष वीरबहादुर साह, जनमत पार्टीका नेता एवं मेयर प्रत्यासी नरेन्द्र साह, बिरेन्द्रकुमार गुप्ता, धर्मेन्द्रकुमार गुप्ता, पवन पण्डित, लालबाबु साह, रामअज्ञा पण्डितलगायत छन् ।
पूजाबारे बसेको सामूहिक बैठकबाट धरहरी गाउँको बिच भागमा रहेको राम जानकी मन्दिरको प्रांगणमा माघ ८ गते अष्ठयाम र ब्रहमबाबा मन्दिरको प्रांगणमा भगवान राम, सीता र लक्ष्मणको मूर्ति स्थापना गरू प्राणः प्रतिष्ठा गरिने आयोजक समितिले जनाएको छ । ब्रहमबाबाको मन्दिरमा स्थापना गरिने मूर्तिको लागि स्थानीयसँग चन्दा संकलन कार्य भइरहेको समितिका अध्यक्ष एवं ब्रहमबाबा राम जानकी मन्दिरका पूजारी उपेन्द्र साह ब्यासले जानकारी दिए ।अध्यक्ष एवं पुजारी साहका अनुसार माघ ८ गते हुने प्राणःप्रतिष्ठाको लागि माघ ७ गते कलशयात्रा,माघ ८ गते प्राणःप्रतिष्ठा, माघ ९ गते भण्डारा, माघ १० गते साधु सन्तहरुलाई बिदाई गरिने अध्यक्ष एवं पूजारी साहले बताए ।
यसै बिच ब्रहमबाबाको मन्दिरमा स्थापना गरिने राम सीता र लक्ष्मणको मूर्तिका सबै खर्च स्थानीय समाजसेवी गोखुल साह भनिने रामचन्द्र साहले ब्यहोरिने समितीले जनाएको छ ।प्राणः प्रतिष्ठामा लागिने खर्चको लागि स्थानीयहरुसँग चन्दा संकलन भइरहँदा नगरप्रमुख प्रेमलाल साह रु ७१ हजार, वडाध्यक्ष वीरबहादुर साह रु ३१ हजार ५ सय ५१, सञ्जय प्रसाद रु ३५ हजार, एकीकृत समाजवादीका वडा प्रत्यासी सुमित गुप्ता रु ३० हजार, युवा नेता तथा समाजसेवी राम विनोध साह रु २१ हजार, अन्यहरुसँग क्रमस ११ हजार ५ हजार, पचिश्य, एक हजारको दरले चन्दा संकलन भइरहेको अध्यक्ष एवं पूजारी साहले जानकारी दिए ।