रौतहटमा एक नवबिवाहीत महिलाको हत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बुधबार (८ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटमा एक नवबिवाहीत महिलाको हत्या

रौतहट,२८ जेठ। रौतहटको मौलापुर नगरपालिका– ८ सोनारनियामा एक नव विवाहीता महिलाको कुटपिट गरी हत्या गरेको घटना सार्वजनिक भएको छ ।

सासु, ससुरा र लोग्ने मिलेर कुटपिट गरी हत्या गरी आत्म हत्याको घटनामा परिणत गर्न खोज्दा घटना हाल सार्बजनिक भएको छ । गाउ देखि पछिम रहेको डमार भन्ने स्थानमा मृतक महिलाको लोग्ने पवन प्रसाद यादवले बासको लौरोले हिर्काएर कुटपिट गरि श्रीमतीलाइ हत्या गर्ने भनि भन्दै आएर हत्या गरेको मृतक महिलाको बुवाले आरोप लगाएको छ ।

६ बर्ष अघि सामाजिक परम्परा अनुसार छोरीको बिबाह गरेकोमा ज्वाई, सम्धी सम्धिनीले दाइजोको कारण छोरीलाइ यातना दिदै आएको बारा जिल्लाको स्वर्नपुर गाउ पालिका वडा नम्बर – ४ का मनोज प्रसाद यादवले आरोप लगाएका छन् ।

आफ्नै घरमा मृत अवस्थामा भेटिएकी कल्ती देवी यादवको शरीरको बिभिन्न भागमा डाम देखिएको हुनाले नव विवाहीता महिलको हत्या गरिएको मृतकका बुबाको आशंका रहेको छ। घटना मृतकको ससुरा हनुमान प्रसाद यादव, सासु, लोग्ने पवन प्रसाद यादव, नन्द र जेठानीको संलग्नता रहेको मृतकका बुवाको दावी रहेको छ। घटना पछि मृतक महिलाको लोग्ने, सासु, ससुरा फरार रहेको बुझिएको छ ।

मृतक महिलाको शब परिक्षणको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुखले घटना आत्म हत्या भएको बताए पनि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक नेत्रमाणि गिरिले घटना बारेमा अनुसन्धान भै रहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस