
काठमाडौं, ०४ भदौ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित माछापोखरीबाट एक जना युवतीको सिक्री लुटपाट भएको छ । मंगलबार चाबहिलबाट महानगर यातायातमा चढेर गएकी युवतीको सिक्री अपरिचित ४ जनाले माछापोखरीमा लुटेका हुन् ।
बसबाट ओर्लिने क्रममा उनी लुटिएकी हुन् । आधा तोला तौल भएको करिब ९८ हजार मूल्य बराबरको सिक्री लुटपाट भएको हो । लुटमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । .
